बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जनतासँग माओवादी तराई मधेस जागरण अभियान पुन: सुरु

सोमबार, ०१ वैशाख २०८२, १७ : २७
सोमबार, ०१ वैशाख २०८२

काठमाडौं । पूर्वपश्चिम हुलाकी लोकमार्ग केन्द्रीत जनतासँग माओवादी तराई मधेस जागरण अभियान नयाँ वर्ष २०८२ सालको पहिलो दिन सोमबारबाट पुन: सुरु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रीत जनतासँग माओवादी तराई मधेस जागरण अभियान नवलपुरको गैडाकोट आइपुगेको छ । 

अभियानलाई नवलपुरको गैडाकोटमा भव्य स्वागत गरिएको छ । अध्यक्ष प्रचण्ड लगायतका नेताहरू सोमबार र मंग्लबार नवलपुरमा रहने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप