पार्टी कार्यालयमा एमाले नेतालाई सिस्नु !
सोमबार, ०१ वैशाख २०८२, १७ : १४

काठमाडौं । नेकपा एमालेका नेताहरुले एकअर्कामा सिस्नु लगाएर विसु पर्व मनाएका छन् ।
सोमबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले विसु पर्वको महत्वबारे प्रशंग निकाल्दै मिठाइ र सिस्नु मगाएका थिए ।
बैठकमा भट्टले सिस्नु नेताहरुलाई थमाएपछि नेताहरुबिच एकअर्कामा सिस्नो लगाएका थिए ।
‘विसु पर्वको महत्व बुझ्दै नेताहरुबिच एकअर्कामा सिस्नु लगाइयो’, एक सचिवालय सदस्यले भने,‘अनि मिठाइ खाइयो ।’