‘नो पे, नो वर्क’ भन्दै आवासीय चिकित्सकहरू सडकमा

काठमाडौं । विगत लामो समयदेखि विभिन्न माग राखेर आवासीय चिकित्सकहरू आन्दोलनमा छन् ।
नीजि मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकहरू एवं एमडी/एमएस/एमडीएस लगायत विभिन्न स्नातकोत्तर तहमा अध्ययनरत चिकित्सहरू आन्दोलन गर्दै आएका हुन् ।
सरकारी चिकित्सक सरह निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने मागसहित आन्दोलन गर्दै आएका उनीहरूसँग सरकारले सहमति गरेको थियो ।
त्यसपछि आन्दोलन स्थगित गरेका थिए । तर, चिकित्सा शिक्षा आयोगले नीजि मेडिकल कलेजको सीट छोडेर सरकारी कलेजहरूको मात्रै सीट निधारण गरेको थियो । त्यसपछि देशभरका चिकित्सहरू आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरूले ‘नो पे, नो वर्क’जस्ता नारा लगाउँदै हरेक दिन माइतीघरमण्डलामा पुगेर प्रदर्शन गर्दै आएका छन् । नीजि मेडिकल कलेजमा कार्यरत चिकित्सकहरूले समेत कलेजमै विरोध प्रदर्शन गर्दै आएका छन् ।
आयोगको १६ औं बैठकले आवासीय चिकित्सकहरूलाई, नेपाल सरकार आठौं तहको मेडिकल अधिकृतले पाउने तलब बराबरको निवृत्तिभरण दिने निर्णय गरेको थियो ।
त्यसपछि उक्त निर्णय नमान्ने नीजि मेडिकल कलेज सञ्चालकहरूले अडान लिएका थिए ।
उनीहरूको अडानपछि आयोगको १७ औं बैठकपछि नीजिको छोडेर सार्वजनिक संस्थाहरूको मात्रै सीट निर्धारण गरेर सार्वजनिक गरेको थियो ।
उक्त निर्णय खारेज गर्नुपर्ने र १६ औं बैठकको निर्णय कार्यान्वयन हुनुपर्ने मागसहित चिकित्सकहरू आन्दोलन गर्दै आएका हुन् ।
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले सरकारी सरह पारिश्रमिक नदिने नीजि मेडिकल कलेजहरूको सम्बन्धन खारेज, बीमा लगायत सरकारी अनुदान सम्पूर्ण कार्यक्रम रद्द गर्ने लगायतका कारवाही गर्ने निर्णय गर्न माग गरेको छ ।
यी मागहरू सम्बोधन हुनुपर्ने भन्दै चिकित्सकहरूले आफुले प्रदान गर्दै आएका सेवा बहिष्कार गर्ने र मेडिकल कलेज परिसरमा धर्ना दिने तथा प्रदर्शन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने
-
राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना प्रतिवेदन सार्वजनिक
-
पुटिन र ट्रम्पका दूतबीच मस्कोमा ३ घण्टा कुराकानी, रचनात्मक बैठक भएको रुसी प्रतिक्रिया
-
महाकालीको बार आज कुन राशिलाई कस्तो फल ?
-
मुग्लिन पोखरा सडक : दमौली बजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु
-
आज यस्तो छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र चिनियाँ युआनको मूल्य