फिल्म ‘जदौ’ निर्माण घोषणा, को-को छन् कलाकार ?
सोमबार, ०१ वैशाख २०८२, १६ : १०

काठमाडौं । नयाँ वर्ष २०८२ सालको अवसर पारेर नयाँ फिल्म ‘जदौ’ निर्माण घोषणा गरिएको छ ।
भद्रकाली मन्दिरमा सोमबार त्रिकन्याको बाहुलीबाट स्क्रिप्ट पूजा गरी टाइटल डिजाइन सार्वजनिक गरिएको हो ।
सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट प्रालिको संयुक्त निर्माण रहेको फिल्मको लेखक काजी लिम्बू हुन् ।
निर्देशक,कलाकार तथा प्राबिधिक बारे बिस्तृतमा केही समयपछि जानकारी दिइने समिश्रण मुभीजका अध्यक्ष अन्जन शर्माले बताएका छन् ।
अन्तरजातीय प्रेमकथामा निर्माण हुने फिल्मका दृश्य गाउँ र काठमाडौंमा खिचिने बताइएको छ । ‘जदौ’ ०८२ सालभित्रै दर्शकमाझ ल्याइने योजना निर्माण पक्षको छ ।