बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उत्तर कोरियाले अहिलेसम्मकै ठुलो युद्धपोत बनाउँदै

सोमबार, ०१ वैशाख २०८२, १५ : ३१
सोमबार, ०१ वैशाख २०८२

काठमाडौं । उत्तर कोरियाले सबैभन्दा ठुलो युद्धपोत निर्माण गरिरहेको भूपउपग्रहले खिचेको तस्बिरले देखाएको छ । अहिले किम जोङ उनसँग रहेका अन्य युद्धपोतभन्दा यो दुई गुणा ठुलो रहेको बताइएको हो ।

म्याक्सार टेक्नोलोजिज एन्ड प्लानेट ल्याब्सले गत अप्रिल ६ मा खिचेको तस्बिरमा उत्तर कोरियाको पश्चिमी तटमा रहेको नाम्पो बन्दरगाहमा यो जहाजलाई तयार गरिरहेको देखिएको छ । यो स्थान राजधानी प्योङयाङभन्दा ६० किलोमिटर दक्षिण पश्चिममा रहेको छ ।

सेन्टर फर स्ट्राटेजिक इन्टरनेसनल स्टडिजका जोसेफ बर्मुडेज जुनियर र जेनिफर जुनको विश्लेषण अनुसार यो ४५९ फिट लामो रहेको छ । अमेरिकी जलसेनाको युद्धपोतहरु ५०५ फिट लामा रहेका छन् । 

किमले पछिल्लो समय आफ्नो सेनाको आधुनिकीकरणमा जोड दिइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप