युवालाई लोकतन्त्रको महत्त्व बुझाउन एमालेले ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने
सोमबार, ०१ वैशाख २०८२, १५ : ०४

काठमाडौँ । नेकपा एमालेले यही वैशाख ११ गते युवाहरूलाई लक्षित गरेर काठमाडौँमा ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने भएको छ ।
नेपालमा राजतन्त्र अन्त्य भएको दिनको अवसरमा पारेर एमालेले यो कार्यक्रम गर्ने निर्णय गरेको हो ।
पार्टीको सोमबार बसेको सचिवालय बैठकबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले भने,‘वैशाख ११ गते जनताले जितेको दिन, निरंकुश राजतन्त्र अन्त्य भएको औपचारिक विजारोपण भएको दिन र २०६२र६३ को आन्दोलन सफलताको दिन हो ।’
जनताले जितेको दिनलाई ‘युथ सेलिब्रेसन’ को रूपमा युवाहरूलाई लोकतन्त्र, स्वतन्त्रता, खुलापन र गणतन्त्रको महत्त्व बताउन काठमाडौँमा ठुलो र भव्य कार्यक्रम गरिने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीले देशभर कार्यक्रम गरेर पार्टी स्थापना दिवस मनाउने
-
बजेट अधिवेशनमा शिक्षकको माग टुङ्ग्याउन सम्भव छैन : सभामुख
-
कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा
-
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
-
जमुनाह नाकामा कडाइ
-
एभरेष्ट अस्पताललाई काठमाडौँ महानगरले तिरायो ५० हजार जरिवाना