नेपाल वायुसेवा निगमले गर्यो चैत्र मसान्तसम्मको ऋण भुक्तानी

काठमाडौं । नेपाल वायुसेवा निगमले २०८१ चैत्र मसान्तसम्मको जहाजको ऋण भुक्तानी गरेको छ । २०८१ चैत्र ३१ गते ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रकम भुक्तानी गरेको सोमबार वायुसेवा निगमद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
निगमले २०८१ चैत्र सम्मको अवधिमा ७ अर्ब ३९ करोड ५ लाख ८ हजार ९५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको समेत जारी विज्ञप्तिमा उल्लेख छ ।
‘विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याज व्याजको व्याज हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्दि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफल समेत भइरहेको छ,’नेपाल वायुसेवा निगमका प्रवक्ता सुबास डाँगीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डीएसपी हुँ’ भन्दै रेस्टुरेन्टको बिल नतिर्ने पक्राउ
-
‘भूठान’ सेन्सर पास
-
एमाले वीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
-
कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय
-
जुनियर स्कुल प्रिन्सेस २०२५ को उपाधि शिवंशी र प्राशियालाई
-
ड्राइभरको असफलताको भारी खलासीलाई बोकाउन खोजियो : पूर्व शिक्षामन्त्री खनाल