आईसीसी यू–१९ विश्वकप छनोट : युवराजको फाइफरसामु निरीह बन्यो ओमान

काठमाडौँ । आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले ओमानमाथि ८ विकेटको शानदार जित हात पारेको छ । ओमनले प्रस्तुत गरेको १ सय १८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा पछ्यायो ।
नेपाललाई ओपनरद्वय साहिल पटेल र नीरज कुमार यादवले उत्कृष्ट सुरुवात दिलाए । पटेलले ४२ बलमा ४४ रन जोडे । उनले ३ चौका र १ छक्का प्रहार गरे । यादवले ३१ बलमा ५ चौका र २ छक्काको मद्दतले ४६ रन जोडे ।
कप्तान नरेन भट्टले नटआउट रहँदै १२ तथा सन्तोष यादवले नटआउट रहँदै १० रन बनाएर टोलीलाई जितसम्म डोर्याए । ओमानका लागि दुवै विकेट सौम्य भविन सम्पतले लिए ।
यसअघि, युवराज खत्रीको घातक बलिङसामु ओमान निरीह बनेको थियो । ओमानले ३८ ओभरमा सबै विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो ।
टोलीका लागि जित व्रजेश शाहले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ७८ बलमा ६ चौका प्रहार गरे । सिद्धार्थ सौम्य शंकरले १६ रन तथा प्रथयेश हेमा रमेशले १० रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
युवराजले ७ ओभर बलिङ गर्दै १५ रन खर्चेर ५ विकेट लिए । त्यस्तै, सन्तोष यादवले २ विकेट तथा दयानन्द मण्डल, अपराजित पौडेल र अशोक धामीले १–१ विकेट लिए ।
नेपालले पहिलो खेलमा यूएईलाई ५ रनले हराएको थियो । वर्षाले प्रभावित खेलमा खराब प्रकाशका कारण अम्पायरले डी/एल मेथडबाट नेपाललाई विजेता घोषित गरेका थिए ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्यानले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
-
कालिगण्डकी डाइभर्सनबारे सर्वोच्च अदालतले के भन्यो ? (पूर्णपाठ)
-
विवाह बन्धनमा बाँधिँदै पूर्वमिस नेपाल अश्मी
-
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवको अपिल
-
संवैधानिक नियुक्ति बहसले १६ मुद्दा हेर्न भ्याइएन, आइतबार पनि तोकियो पूर्ण इजलास
-
आकाश भैरवको १२ वर्षे जात्रा धूमधामसँग मनाइँदै, तस्बिरहरू