बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय
आईपीएल प्रिभ्यू

लगातार ५ खेल हारेको चेन्नई लखनउविरुद्ध पुनरागमन गर्ने आशमा

सोमबार, ०१ वैशाख २०८२, १४ : ००
सोमबार, ०१ वैशाख २०८२

लखनउ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को ३० औँ खेलमा आज लखनउ सुपर जायन्ट्स (एलएसजी) ले चेन्नई सुपर किंग्स (सीएसके) को सामना गर्नेछ। खेल भारत रत्न श्री अटल बिहारी वाजपेयी, एकाना क्रिकेट रंगशाला, लखनउमा साँझ ७:३० बजे खेलिनेछ।

एलएसजीले छ खेलमध्ये चार खेल जितेर आठ अंकसहित अंक तालिकामा चौथो स्थानमा छ। उता चेन्नईको समस्याहरू बढ्दै गएको देखिन्छ। टोलीले आफ्ना छ खेलमध्ये पाँच खेल हारेको छ र केवल दुई अंकसहित दसौँ स्थानमा छ।

  • हेड टु हेड

आईपीएलमा अहिलेसम्म लखनउ र चेन्नईबिच जम्मा ५ खेल खेलिएका छन्। यी मध्ये एलएसजीले तीन खेल जितेको छ। चेन्नईले केवल एक जित हासिल गरेको छ। जबकि एउटा खेल अनिर्णीत रह्यो। यसअघि एकाना रङ्गशालामा दुई खेल खेलिएका छन्। एउटा लखनउले जित्यो र एउटा अनिर्णीत रह्यो।

nicolas pooran

  • फर्ममा छन् पुरन

लखनउ टोलीको ब्याटिङ उत्कृष्ट छ। लखनउको ब्याटिङमा निकोलस पुरन, मिचेल मार्श र एडेन मार्कराम राम्रो लयमा छन्। पुरन हाल ओरेन्ज क्याप दौडमा अगाडि छन्। पुरन सिजन र टोली दुवैको सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले ६ खेलबाट ३४९ रन बनाएका छन् । उनको उच्च स्कोर ८७ रन रहेको छ ।

shardul thakur

शार्दुल ठाकुर लखनउका लागि सर्वाधिक विकेट लिने बलर हुन्। उनले ६ खेलबाट ११ विकेट लिएका छन् । ३४ रन खर्चेर ४ विकेट लिनु उनको उत्कृष्ट बलिङ प्रदर्शन हो ।

  • चेन्नईका रचिनले बनाए सर्वाधिक रन

चेन्नईका लागि रचिन रविन्द्रले सर्वाधिक रन बनाएका छन् । उनले ६ खेलमा कुल १४९ रन बनाएका छन्। उनले सिजनको पहिलो खेलमा मुम्बई इन्डियन्स विरुद्ध ४५ बलमा ६५ रनको अविजित अर्धशतकीय इनिङ खेले। 

यता बलर नूर अहमद टोली र सिजन दुवैका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन्। उनले ६ खेलमा १२ विकेट लिएका छन्।

  • पिच रिपोर्ट:

आईपीएलमा लखनउको पिचमा स्पिनरहरूको प्रभुत्व रहँदै आएको छ । यहाँ कम स्कोरिङ खेलहरू देखिन्छन्। 

गुजरात जायन्ट्सले यहाँ भएको पछिल्लो खेलमा १८० रन बनाएको थियो। जुन अन्तिम ओभरको तेस्रो बलमा लखनउले पछ्यायो। अहिलेसम्म यहाँ १७ आईपीएल खेल खेलिएका छन्। यहाँको उच्चतम टोली स्कोर २३५/६ हो, जुन कोलकाता नाइट राइडर्सले गत वर्ष लखनउविरुद्ध बनाएको थियो। 

पहिले ब्याटिङ गर्ने टोलीले ८ खेलमा जित हासिल गरेको छ भने पछ्याउने टोलीले ८ खेलमा जित हासिल गरेको छ । जबकि एउटा खेलको नतिजा आएन।

  • मौसमको अवस्था:

सोमबार लखनउमा पानी पर्ने सम्भावना छैन। हावाको गति प्रतिघण्टा १३ किलोमिटर हुनेछ। खेलको दिन यहाँको तापक्रम २४ देखि ३५ डिग्री सेल्सियसको बिचमा रहनेछ।

dhoni

  • सम्भावित प्लेइङ-११

लखनउ सुपर जायन्ट्स: ऋषभ पन्त (कप्तान र विकेटकिपर), मिचेल मार्स, एडेन मार्कराम, निकोलस पुरन, डेभिड मिलर, अब्दुल समद, शार्दुल ठाकुर, दिग्वेश राठी, आवेश खान, आकाश दीप, रवि बिश्नोई, आयुष बडोनी।

चेन्नई सुपर किंग्स: एमएस धोनी (कप्तान र विकेटकिपर), रचिन रविन्द्र, राहुल त्रिपाठी, डेभोन कोनवे, विजय शंकर, दीपक हुडा, शिवम दुबे, रवीन्द्र जडेजा, रविचन्द्रन अश्विन, नूर अहमद, अंशुल कम्बोज, खलील अहमद।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप