बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
भिडियो संवाद

‘म ‘फलानो चोर, देश छोड’को पक्षमा छैन’

नेपालको भविष्य छैन भन्ने भाष्य निर्माण गर्न सामाजिक सञ्जालमा लगानी गरिएको छ  : डा. चिन्तामणिनाथ योगी
सोमबार, ०१ वैशाख २०८२

आध्यात्मिक चिन्तक, संस्कृतिविद्, शिक्षाविद् डा. चिन्तामणिनाथ योगी पूर्वीय दर्शनका अध्यापक पनि हुन् । उनले ४० वर्षदेखि हिन्दु धर्म र नेपालको संस्कृति लगायतका विषयमा प्रवचन दिँदै आएका छन् ।

विश्व ॐकार एकता महाअभियान, हिन्दु विद्यापीठ नेपाल, शान्ति सेवा आश्रमसँग पनि सम्बन्धित योगी प्रखर र स्पष्ट वक्ता मानिन्छन् । मूल रूपमा नेपाली समुदायलाई नैतिकवान बनाउने उनको अभियानमा छ ।

यतिखेर नेपालमा चरम वैदेशिक हस्तक्षेप रहेको र त्यसमा नेताहरू बिकेको उनको बुझाइ छ । उनले नेपालको भविष्य छैन भन्ने भाष्य निर्माणका लागि सामाजिक सञ्जालमा लगानी गरिएको टिप्पणी गरे ।

देशको पछिल्लो अवस्थाप्रति चिन्तित उनी आफू कसैलाई ‘फलानो चोर, देश छोड’ भन्ने पक्षमा नरहेको पनि बताउँछन् । कसैलाई ‘तिमी आऊ, देश बचाऊ’ भन्ने पक्षमा पनि नरहेको उनको भनाइ छ ।

नेपालमा छाएको नैराश्यता, नकारात्मकता, विदेश पलायनको वास्तविकता र देश बस्नै नसक्ने अवस्था हो कि कसैले यस्तो भाष्य निर्माण गर्न खोज्दैछ ? लगायतका विषयमा चिन्तामणि योगीसँग रातोपाटीका लागि रोहित दाहालले कुराकानी गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया