१६ बैंकले ब्याजदर यथावत् राख्दा तीन बैंकले घटाए, एउटाको बढ्यो

काठमाडौँ । बैंकहरुले वैशाख महिनाका लागि सार्वजनिक गरेको ब्याजदर सोमबारदेखि लागू भएको छ । जसअनुसार अधिकांश बैंकलेहरुले सर्वसाधारणको मुद्दती बचतमा दिने ब्याजदर यथावत् राखेका छन् ।
वैशाख महिनामा एउटा बैंकले मात्रै बचतकर्तालाई दिने ब्याज बढाएको छ भने तीन वटाले घटाएका छन् ।
२० मध्ये वाणिज्य बैंकहरु मध्ये १६ वटा वाणिज्य बैंकले वैशाख महिनाको लागि चैतकै मुद्दती निक्षेपको ब्याजदरलाई कायम राखेका हुन् । कुमारी, सानिमा र नेपाल बैंकले ब्याजदर घटाएका छन् । तर एभरेस्ट बैंकले भने मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । सरकारी स्वामित्वमा रहेको नेपाल बैंकले समेत ब्याजदर घटाएको छ ।
बैंकहरुले सार्वजनिक गरेको ब्याजदरमा वैशाखमा बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदर औसतमा ५.९७ प्रतिशत छ । वाणिज्य बैंकहरुले चैत महिनामा दिएको ब्याजदर पनि औसतमा ५.९७ प्रतिशत नै थियो ।
बैंकिङ प्रणालीमा अधिक तरलता (लगानी योग्य रकम ) हुँदा पनि कर्जाको माग बढ्न सकेको छैन । बैंकहरुमा कर्जाको माग बढ्न नसक्दा बैंकको ब्याजदर न्यून बिन्दुमा छ । कर्जाको माग बढ्न नसकेर तरलता थपिँदै गएपछि लागत कम गर्न बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर साधारण बचतको भन्दा पनि तल झारेका छन् ।
पछिल्लो समय निजी क्षेत्रमा ऋण विस्तार हुन नसक्दा बैंकहरुसँग भएको लगानी योग्य रकमलाई ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा राखिरहेका छन्। निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत १ खर्ब २८ अर्ब रुपैयाँ राष्ट्र बैंकमा राखिसकेका छन् ।
त्यस्तै, अधिकांश बैंकहरुले बचतभन्दा अल्पकालीन मुद्दती निक्षेपको ब्याजदर तल ल्याएका छन्। जसमा एनआइसी एशिया, एनएमबि, एभरेस्ट, लक्ष्मी सनराइज, कुमारी,माछापुच्छ्रे,स्टान्डर्ड चार्टर्ड, कृषि विकास,सानिमा, हिमालयन र नेपाल बैंकले साधारण बचतमा भन्दा अल्पकालीन मुद्दतीमा ब्याजदर तल ल्याएका छन् ।
कुमारीले चैत महिनाको ६.०१ प्रतिशत रहेकोमा ०.०९ प्रतिशतले घटाएर ५.९२ प्रतिशत कायम गरेको छ । सानिमा बैंकको चैत महिनाको ६.०५ प्रतिशत रहेकोमा ०.१ प्रतिशतले घटाएर ५.९५ र नेपाल बैंकले ०.३५ प्रतिशतले घटाएर ५.१५ प्रतिशत कायम गरेका छन् । त्यस्तै एभरेस्ट बैंकले भने चैत महिनाको ६ प्रतिशत रहेकोमा ०.६१ प्रतिशतले बढाएर ६.६१ ब्याजदर कायम गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चट्याङ लागेर खाजा खाँदै गरेका दुई जना घाइते
-
पर्सामा ३७ बिघामा लगाइएको गाँजा नष्ट
-
कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन देखायो चासो, भैरहवा र पोखराबाट उडान गर्न आग्रह
-
हिमालपारिबाट पालिकाको गुहार – शिक्षा प्रणाली बिग्रिन लाग्यो, शिक्षक फर्काइदेऊ
-
वीरगञ्जमा रिपोर्टिङ गर्न गएका दुई पत्रकार घाइते
-
कोलकातासामु निरीह बन्यो पञ्जाब, १११ रनमा अलआउट