शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

औषधिको नयाँ कानुन ल्याउन मन्त्रालयले माग्यो सुझाव

सोमबार, ०१ वैशाख २०८२, १२ : ३९
सोमबार, ०१ वैशाख २०८२

काठमाडौँ । सरकारले औषधि सम्बन्धी नयाँ ऐन बनाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि तथा स्वास्थ्य सामग्रीको सम्बन्धमा व्यवस्था गर्ने विधेयकको मस्यौदा तयार गरेको छ । मन्त्रालयले सो विधेयकलाई पूर्णता दिनका लागि थप राय समेत माग गरेको छ ।

मन्त्रालयले चैत २८ गते निर्णय गर्दै सो मस्यौदाका लागि १५ दिन भित्र सुझाव दिन आग्रह गरेको हो । औषधी तथा सौन्दर्य प्रसाधनको सुरक्षा, प्रभावकारिता र गुणस्तर सुनिश्चित गर्न, तिनको उत्पादन, आयात–निर्यात, बिक्री–वितरण, नैदानिक परीक्षण समेतका लागि अनुमतिपत्र लिनुपर्ने व्यवस्था गर्न, सोको समुचित प्रयोग, सहज उपलब्धता, उत्तम अभ्यासको पालना, मापदण्ड र मूल्य निर्धारण प्रक्रियालाई उत्तरदायी र पारदर्शी बनाउन नियमन, निरीक्षण र प्रशासन सम्बन्धमा आवश्यक र समयानुकूल व्यवस्था गर्न कानुनको आवश्यकता भएको मन्त्रालयले उल्लेख गरेको छ ।

विधेयकको प्रस्तावनामा भनिएको छ– ‘औषधी, खाद्य समपूरक स्वास्थ्य सामग्री तथा सौन्दर्य प्रसाधनको सुरक्षा, प्रभावकारिता र गुणस्तर सुनिश्चित गर्न, तिनको उत्पादन, प्रशोधन, भण्डारण, बजारीकरण आयात–निर्यात, बिक्री वितरणसमेतका लागि अनुमतिपत्र लिनुपर्ने व्यवस्था गर्न, सोको समुचित प्रयोग, सहज उपलब्धता, उत्तम अभ्यासको पालना, मापदण्ड निर्माण गर्न र मूल्य निर्धारण प्रक्रियालाई उत्तरदायी र पारदर्शी बनाउन तथा गुणस्तर नियमन, निरीक्षण र प्रशासन सम्बन्धमा आवश्यक र समयानुकूल व्यवस्था गर्न वाञ्छनीय भएकाले ।’

मन्त्रालयले यो विधेयकलाई थप राम्रो बनाउन सरोकारवालालाई १५ दिनभित्र  info@mohp.gov.np वा law.section@mohp.gov.vp मा पठाउन आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप