बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतीय वायु सेनाको विमान उडिरहेको समयमा ‘साइबर हमला’को सिकार

सोमबार, ०१ वैशाख २०८२, ११ : ५४
सोमबार, ०१ वैशाख २०८२

काठमाडौँ । भारतीय वायु सेनाको एउटा विमान उडिरहेको समयमा ‘साइबर हमला’को सिकार भएको छ । ‘साइबर हमला’ गरेर विमानलाई गलत बाटो पठाउने प्रयास भए पनि पाइलटको सुझबुझले सम्भावित दुर्घटना टरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

म्यानमारमा भूकम्प पीडितका लागि राहत सामग्री बोकेर जाँदै गरेको अवस्थामा वायु सेनाको विमानको ‘जीपीएस सिग्नल’लाई ‘स्पूफ’ गरिएको बताइन्छ । ‘जीपीएस सिग्नल’लाई ‘स्पूफ’ गर्दा पाइलटलाई सही गन्तव्य पहिल्याउन कठिन हुन्छ र विमानले बाटो बिराउने गर्दछ । यसबाट दुर्घटनाको जोमिख पनि हुने गर्दछ ।

साइबर हमला कसले गरेको हो भन्ने खुल्न सकेको छैन । भारतीय वायु सेनाका पाइलटले तत्कालै ‘ब्याकअप सिस्टम’ प्रयोग गरी विमानलाई आफ्नो गन्तव्यमा पुर्याउन सफल भएको बताइन्छ ।

उक्त घटना कहिले भएको हो भन्नेबारे खुलाइएको छैन । यद्यपि भारतले २९ मार्च मा राहत सामग्रीको पहिलो खेप म्यानमार पठाएको थियो । त्यतिबेला ‘सी–१३० जे’ विमान पठाइएको थियो । त्यसपछि पनि ‘सी–१३० जे’ र ‘सी–१७ ग्लोबमास्टर–३’ विमानले पटक–पटक राहत सामग्री लगेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप