पिताम्बरकाे प्रतिक्रिया सकारात्मक : निर्देशक कृषा चाैलागाई

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएकाे चलचित्र पिताम्बरले सकारात्मक प्रतिक्रिया पाएकाे निर्देशक कृषा चौलागाईले बताएकी छन् ।
प्रदर्शनको चौथो दिन अर्थात् सोमबार फिल्मले १ सय ८५ भन्दा बढी सो सङ्ख्या पाएकाे उनको भनाइ छ । पिताम्बरले धेरै हलमा ८० प्रतिशत माथिको अकुपेन्सीसहित दर्शकको माया पाइरहेको चौलागाईले दाबी गरिन् ।
स्टार कलाहरूको बलियो उपस्थितिका कारण चलचित्रले राम्रो तारिफ पाएको बताइएको छ । राम्राे प्रतिक्रिया मिलेको भन्दै कलाकारहरु सौगाम मल्ल , प्रदीप खड्का, अनुप विक्रम शाही, दिव्या रायमाझी उत्साहित देखिएका छन् ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा प्रदीप, सौगातसँगै आर्यन सिग्देल, अनुपविक्रम शाही, दयाहाङ राई, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझीलगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ