नयाँ वर्ष पारेर ‘ढुकढुकी’ निर्माण घोषणा

काठमाडौँ । फिल्म ‘मोहर’ निर्माण गरेको टिमले नयाँ फिल्म निर्माणको घोषणा गरेको छ । नयाँ वर्ष २०८२ को पहिलो दिनमा फिल्म ‘ढुकढुकी’ निर्माणको घोषणा गरिएको हो ।
ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार हुन लागेको यो फिल्मलाई फिल्ममेकर प्रा।लिको प्रस्तुतिमा तयार गरिनेछ । फिल्ममा चुम्बनजंग शाही निर्माताको रुपमा छन् । यो फिल्मको छायाङ्कन तिहारपछि सुरु हुने जानकारी दिइएको छ । फिल्मका लागि अहिले कोही पनि कलाकारहरु फाइनल गरिएको छैन ।
यसअघि फिल्म ‘ढुकढुकी’ विनोद मानन्धरले निर्माण गरेका थिए । यो फिल्मको पटकथा तथा संवाद ओम प्रतिकले लेखेका थिए । अब ओम आफै ‘ढुकढुकी’ नाममा फिल्म बनाउन अगाडि सरेका छन् ।
ओमले निर्देशन गरेको तथा चुम्बनजंग शाहीले निर्माण गरेको फिल्म ‘मोहर’ साउनको २३ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको रिलिजपछि फिल्म ‘ढुकढुकी’को छायांकनको काम अगाडि बढाउने निर्माणपक्षले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हार्डवेयर पसलका सञ्चालकविरुद्ध राजस्व छलीको मुद्दा
-
घट्यो पेट्रोल र डिजेलको मूल्य
-
पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब लिटरमा कति ?
-
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु
-
जलविद्युतको बीमालाई डिट्यारिफ गर्ने सहमति कार्यान्वयन गर्न बीमा प्राधिकरणसँग इप्पानको माग
-
प्रधान सेनापतिद्वारा दुई पृतनाको निरीक्षण भ्रमण