मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय
फोटोफिचर

२०८१ साललाई फर्केर हेर्दा, देशभरि के-के भयो ? (तस्बिरहरू)

सोमबार, ०१ वैशाख २०८२, ११ : ०४
सोमबार, ०१ वैशाख २०८२

काठमाडौँ ।  आजदेखि नेपाली नयाँ वर्ष अर्थात् २०८२ सुरु भएको छ । २०८१ अरू वर्षहरू झैँ सामान्य बितेको वर्ष पक्कै हैन । सामाजिक,राजनैतिक,आर्थिक अनि नेपाली स्वाभिमानको कदरको रूपमा पनि यस वर्षले धेरै कुराहरू हामीलाई उपहार दिँदै अनि हरेक उपहारसँगका अनुभवहरू छाडेर गएको छ ।

२०८१ ले नेपालीजनले सम्झिनुपर्ने, बिर्सिनुपर्ने अनेक राजनीतिक, सामाजिक, सांस्कृतिक तथा अन्य अनेक सम्झनाका बारेमा हामी यहाँ चर्चा गर्छौँ । यो वर्ष देशभरि ठुला घटनाहरूको सामना गर्नुपर्‍यो बाढी पहिरोले धेरै स्थानहरू तहसनहस बनिदियो । काठमाडौँ उपत्यका साथै देशभरि नै ठुलो जनधनको क्षति भयो ।

accident and disaster_Nepal Photo Library1

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा असार २८ गते गएको पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता २ वटा बस बेपत्ता भएका थियो भने अहिले सम्म  बस भेटिएको छैन। भने श्रावण ९ गते त्रिभुवन विमानस्थलमा नजिकै  शौर्य एयर विमान दुर्घटना  १८ जनाको मृत्यु भयो 

श्रावण २४ गते नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा काठमाडौँबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन–एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु  भएको थियो  थियो र असोज ११ गते धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर ३५ जनाको मृत्यु भएको थियो, पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा बेलुन पड्कँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य घाइते भए ।

भारतीय पर्यटक सवार बस पृथ्वी राजमार्गको आँबुखैरेनीमा दुर्घटना हुँदा २७ जनाको मृत्यु, १६ जना घाइते भए र  भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे उक्त बस दुर्घटनामा घाइते भएकाहरूको अवस्थाबारे जानकारी लिन टिचिङ अस्पतालमा आइपुगिन् ।  

accident and disaster_Nepal Photo Library2

यस वर्ष देशलाई विश्वसामु चिनाउन धेरै कुराहरू भए पेरिस पाराओलम्पिक, २०२४ मा नेपाललाई पहिलो पदक दिलाउने नेपाली खेलाडी पलेसा गोवर्द्धनले दिलाएकी छन् र  कीर्तिमानी तथा प्रख्यात आरोही गाइड कामीरिता शेर्पाले आरोहणको इतिहासलाई तोड्दै सर्वोच्च शिखर सगरमाथा (८,८४८‍.८६) मिटरको ३० औँ पटक आरोहण गर्दै नयाँ रेकर्ड कायम गरे ।

नेपाली महिलातर्फ सानो उमेरमा पहिलो पटक ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङजुम र पर्वतारोहणको क्षेत्रमा दुर्लभ कीर्तिमान बनाएका निमा रिन्जी शेर्पा,  १८ वर्षको उमेरमा विश्वमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर रिन्जी ले कीर्तिमान बनाए ।

कीर्तिमानी आरोही निर्मल पुर्जा र मिङ्मा जी शेर्पाले विना अक्सिजन विश्वका १४ वटा हिमाल आरोहण गरेर  यहि वर्ष नयाँ कीर्तिमान बनाए उनीहरूले ८ हजार मिटरभन्दा अग्ला १३ वटा हिमालको यसअघि नै विना अक्सिजन आरोहण गरिसकेका थिए । शिशापाङ्मा १४ औँ हिमाल हो । पुर्जाले यसअघि नै संसारका ८ हजार मिटरभन्दा अग्ला हिमालको ४९ पटक आरोहण गरिसकेका छन् । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले यस वर्षको वसन्त ऋतुमा तीन पटक सगरमाथा आरोहण गरेर एकै याममा तीन पटक सगरमाथा आरोहण गरेर विश्वको पहिलो महिला आरोहीको कीर्तिमान बनाएकी थिइन्। 

accident and disaster_Nepal Photo Library5

उनले गत मे १२, १९ र २५ तारिखमा लगातार सगरमाथाको आरोहण गरेकी थिइन्। श्रेष्ठ धौलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला समेत हुन्।  मङ्सिर १५ नेपालमा पहिलो पटक नेपाली प्रिमियर लिग को आयोजना गरियो  जुन खेल अन्तर्राष्ट्रिय स्तर मा समेत चर्चा भयो । 

यस वर्ष मुलुकमा साढे ६ अर्ब स्वदेशी तथा विदेशी लगानी भित्र्याउने सम्झौतासहित तेस्रो लगानी सम्मेलन सम्पन्न भयो, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा वैशाख ३ गते  नागढुंगा–सिस्नेखोला सुरूङमार्गको मुख्य सुरुङ  ‘ब्रेक थ्रु’ भयो भने असोज ३ गते सर्वसाधारणका लागि धरहरा खुला गरियो ।

accident and disaster_Nepal Photo Library6

यहि वर्ष नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पदमुक्त  भए भने उनको पदमुक्त लाई लिएर आन्दोलनहरू भए भने  प्रतिनिधिसभामा कुलमान घिसिङको विषय लिएर प्रतिपक्षले गरे सदन अवरोध गरे र प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मा हितेन्द्रदेव शाक्यले पाए र यसैवर्ष देशमा नवनियुक्त नेपाली प्रहरीका ३१ औँ प्रमुख दीपक थापालाई नियुक्त गर्‍यो ।  

accident and disaster_Nepal Photo Library7

जेठ ८ गते कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको थियो । कार्तिक २ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी तथा संगठित अपराधको कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले पार्टी कार्यालय वनस्थलीबाट पक्राउ परे भने उनी अहिले कारागार चलान भएका छन्।

BUS Accident hospital_NPL4

तीनकुने घटनालाई लिएर मुख्य कमाण्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरि १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।   यसै वर्ष कूटनीतिक भ्रमण भए मङ्सिर २१ भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुकको नेपाल भ्रमण  गरे भने वैशाख २३ मा जापानकी विदेशमन्त्री कामिकावा योकोको नेपाल भ्रमण गरेकी थिइन् । वैशाख ११ गते कतारका अमिर (राजा) तमिम विन हमाद अल थानी नेपालको २ दिने औपचारिक भ्रमण गरे । 

cricket_nepal photo library2

प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आएका थिए भने भारतीय सेना अध्यक्ष उपेन्द्र द्विवेदीले आज हनुमानढोका दरबार स्क्वायरको भ्रमण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबिच द्विवेदीलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।

DEEPAK MANAGE_

नेपाली राजनीतिमा यो वर्ष नेपाली कांग्रेस र नेकपा एमालेको गठबंधन पछि केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री नियुक्त भएसँगै असार ३१ गते पद तथा गोपनीयताको शपथ  लिनुभयो भने नेपाली कांग्रेसद्वारा संसद अवरोध निकै धेरै समय रह्यो । यसै वर्ष मङ्सिर १६ गते ३१ जिल्लाका विभिन्न स्थानीय निकायमा उपनिर्वाचन पनि  सम्पन्न भएको थियो ।  तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

tinkune protest_NPL2

Dharahara 1Durga parsai_NPLfinance minister_NPLGYNENDRA SHAHitendra NEA_NPLIMG-20250318-WA0195IMG-20250404-WA0008Indian army chief -938Kailash sirohiya _Nepal photo library.jpgkulman ghising_NPL1kulman ghising_NPL2mountain  and world record_Nepal Photo library1mountain  and world record_Nepal Photo library2mountain  and world record_Nepal Photo library3mountain  and world record_Nepal Photo library4mountain  and world record_Nepal Photo library5mountain  and world record_Nepal Photo library6Nepal Investment summit_nepal Photo libraryNepali Police.-997political change_Nepal photo library1political change_Nepal photo library2political change_Nepal photo library3Protest-Nepal  photo library-10rabi Lamichane_Nepal photo libraryre election_surung marg 1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप