बिदा
२०८२ सालमा ८८ दिन सार्वजनिक बिदा (सूचीसहित)
सोमबार, ०१ वैशाख २०८२, ११ : १५

काठमाडौँ । आजदेखि सुरु भएको २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुने भएको छ । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर ८८ दिन सार्वजनिक बिदा पर्ने जानकारी दिएको हो ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार यो वर्ष ५२ वटा शनिवार परेका छन् । ३६ दिन विभिन्न चाडपर्व एवं दिवसका बिदा दिने निर्णय भएको छ ।
दसैँमा सात दिन र तिहारमा पाँच दिन बिदा दिइएको छ । यी बाहेकका अन्य पर्वहरूको बिदा २८ दिन छ । अन्तर्राष्ट्रिय मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, शहीद दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवस गरी ६ दिन देशभर सार्वजनिक बिदा दिने निर्णय सरकारको छ ।
स्थानीय पालिकाले स्थानीय चाडपर्वका लागि थप बिदा दिनसक्ने राजपत्रमा उल्लेख छ । बिदासम्बन्धी सम्पूर्ण जानकारी रातोपाटी पात्रोमा पनि उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको चैत मसान्तसम्म खर्च जम्मा ३९ प्रतिशत, कुन मन्त्रालयको कति ?
-
नारायणको बार आज कुन राशिलाई कति लाभ ?
-
चीनमा भूकम्प, काठमाडौँसम्म धक्का महसुस
-
आईपीएलमा पञ्जाबभन्दा पनि न्यून स्कोर बनाएर हार्यो कोलकाता
-
स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
नारायणघाट-बुटवल सडकमा साना पुल निर्माण सम्पन्न