आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय
कविता

राष्ट्र पुकार

सोमबार, ०१ वैशाख २०८२, १० : ४५
सोमबार, ०१ वैशाख २०८२

ए मेरो प्यारो देश तिमीलाई 
नयाँ वर्षको शुभकामना गर्छु म
तिमी सदैव जाग्रत र जीवन्त रहे
प्रभुसित अनुदिन यही गुहार गर्छु म ।

लाग्दछ धेरै अस्वस्थ छौँ तिमी
के उपचार गरौँ हँ, तिमीलाई ?
मलाई अत्यन्त पीडा भइरहेछ
कि आहुति दिउँ कि आज स्वयंलाई ।

तिम्रो नाडीको विचार गर्छु ता 
त्रिदोषले ग्रस्त पाउँछु तिमीलाई 
भित्रको डाह भतभती पोल्दो हो
मुक्त गरुँ म कसरी तिमीलाई ।

राजाहरूलाई पोस्दा–पोस्दा
म दरिद्र भइसकेकी छु कविराज
इनले सर्वस्व स्वाहा पारिसके 
र पनि ओढार ता रित्तै छ जहिले ।

आफ्नै डम्फु बजाउनेहरु त 
मेरा ठुला शत्रु जान्नुपर्छ
जसले निस्सासिरहेछ मेरो प्राण
मेरो मुटुको व्यथा त बुझ्नुपर्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जयप्रसाद पाण्डे
जयप्रसाद पाण्डे
लेखकबाट थप