मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

फिल्म ‘मिरमिरे’ निर्माणको घोषणा

सोमबार, ०१ वैशाख २०८२, १० : ३१
सोमबार, ०१ वैशाख २०८२

काठमाडौँ ।  ‘कार्साङ’ निर्देशक याम शेर्पाले नयाँ फिल्म ‘मिरमिरे’ निर्माणको घोषणा गरेका छन् । शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै फिल्म घोषणा गरेका हुन् ।

यार्सा फिल्म्सको प्रस्तुति रहने फिल्मले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ । थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र छन् । उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किरहेका छन् ।

सूर्यको पहिलो किरणसँगै केही योजना बनाएर केही नयाँ कामको सुरुवातको तयारी गरिरहेको थिम पोस्टरले संकेत गरेको छ । पोस्टरले बिहानीसँगै नयाँ सङ्कल्प गरेको संकेत गरे पनि पात्रको उद्देश्य के हो र के गर्न खोजिरहेका छन् भन्ने प्रस्ट पारिएको छैन ।

कथा पनि निर्देशक शेर्पा रहेको फिल्ममा चोङ्वा लामा शेर्पाको लगानी रहनेछ । आरआर फिल्मसले वितरण गर्ने फिल्म

२०८२ भित्रमा रिलिज हुने भनिए पनि प्रदर्शन मिति भने तय भएको छैन । निर्देशक शेर्पाले कलाकारको विषयमा केहीपछि  जानकारी दिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप