मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’

सोमबार, ०१ वैशाख २०८२, ०९ : १९
सोमबार, ०१ वैशाख २०८२

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री आचार्यले नववर्षलाई विगतको समीक्षा गर्ने र भविष्यको मार्गदर्शन तय गर्ने महत्त्वपूर्ण अवसरको रूपमा लिनु पर्ने उल्लेख गरेका हुन् ।

लुम्बिनी प्रदेश सरकारले जनचाहनाअनुसार सुशासन प्रवर्द्धन गर्न र भ्रष्टाचार विरुद्ध रणनीतिक योजना निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन थालेको  बताएका छन् । संविधानले प्रत्याभूत गरेका अधिकारहरूको कार्यान्वयनका लागि सरकारले विविध नीति तथा कार्यक्रममार्फत निरन्तर प्रयास गरिरहेको  जनाएका छन् ।

उनले जनताको विश्वास र भरोसाको सरकार बनाउने दिशामा प्रदेश सरकार दृढताका साथ अघि बढिरहेको उल्लेख गरेका छन् । स्थानीय उत्पादनमा आधारित उद्यमशीलताको विकासलाई प्रोत्साहन गर्न नवप्रवर्तन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै उनले शून्य संरचनाबाट सुरु भएको प्रदेशलाई संस्थागत गर्दै सबल, सक्षम र जनउत्तरदायी बनाउने दिशामा उल्लेखनीय प्रगति हासिल गरिएको बताए ।

उनले नयाँ वर्ष २०८२ सबैमा न्याय, समानता, अवसर र गरिमामय जीवनको प्रत्याभूति दिलाउने सभ्य र समुन्नत समाज निर्माणका लागि प्रेरणा बनोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।

IMG_20250414_081043

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप