काठमाडौँ । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । देशभर एक आपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदै छ ।
आउने दिनहरूमा शुभ रहोस् बितेको सालमा नबनेको कामहरू पूरा हुँदै जाओस् लगायत विभिन्न आस्था बोकी हिन्दु धर्मावलम्बीले बिहानैदेखि घर नजिकै मठ मन्दिरमा गएर पूजाआजा गर्ने गरेका छन् । आजको दिन काठमाडौँको पशुपति र बुढानीलकण्ठलगायतका मन्दिरमा पूजाआजा गर्नेको संख्या उल्लेख्य देखिएको छ ।
प्रतिक्रिया