तराई–मधेसमा सतुवाइन पर्व मनाइँदै
_OVJKPL6v11.jpg)
महोत्तरी । तराई–मधेसका महोत्तरीसहित धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, सिरहा र सप्तरी लगायतका जिल्लामा आज सतुवाइन पर्व मनाइँदै छ ।
नयाँ वर्षका दिन मधेसमा सतुवाइन पर्व मनाइने गरेको जलेश्वर नगरपालिका ५ का संस्कृतिविद् ध्रुव रायले बताए । चना, मकै, जौ, भटमास लगायतका वस्तुलाई भुटेर त्यसलाई पुनः पिँधेंर पिठो तयार गरिन्छ । सोही पिठोको सातु खाएर आजका दिन मिथिलाञ्चलमा सतुवाइन पर्व मनाइने चलन रहेको जलेश्वर ८ का पण्डित बद्रीनारायण झाले जानकारी दिए ।
जलेश्वर नगरपालिका १ स्थित जलेश्वरनाथ महादेव मन्दिरका पूजारी उपेन्द्र पाठक सातुले शीतलता प्रदान गर्ने, वर्षभरि व्यक्ति स्वस्थ, सरल र संस्कारी रहने तथा सबैसँग सुमधुरसम्बन्ध कायम गर्ने गराउने मान्यताका साथ नयाँ वर्षको पहिलो दिन मिथिलाञ्चलमा सातु खाएर सबैले सतुवाइन पर्व मनाउने चलन रहेको बताए ।
उनले भने, “आजका दिन यस क्षेत्रका प्रत्येक घरका प्रत्येक सदस्यले कुनै कुरा खानु अघि सबैभन्दा पहिले सातु खाने गर्दछन् । सातुलाई चिनी, सख्खर वा आफ्नो स्वाद अनुसार नुनसँग पनि खाने चलन छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत