क्रान्तिकारीले नयाँ धरातलबाट सोचौँ: पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ वर्षको सुरुआतसँगै देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरू, प्रगतिशील शक्तिहरू तथा देशभक्तहरूले नयाँ धरातलबाट सोच्नुपर्ने बताएका छन् ।
नयाँ वर्ष २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, ‘नयाँ वर्षको अवसरमा सबै कम्युनिस्ट क्रान्तिकारीहरूले नयाँ धरातलबाट सोचौँ, विगतमा कहाँ गल्ती भयो सबैले समीक्षा गरौँ, वर्तमान सङ्कटपूर्ण परिस्थितिको गम्भीरतालाई आत्मसात् गरौँ ।’
उनले आगामी ०८४ सालमा हुने निर्वाचनलाई ध्यानमा राख्दै कम्युनिस्टहरू बिचको फुट र विभाजनले ल्याउने परिणामको बारेमा सचेत हुन सबैलाई आग्रहसमेत गरेका छन् । “वैज्ञानिक समाजवाद नै अब सिङ्गो नेपाली कम्युनिस्ट आन्दोलनको साझा लक्ष्य हो भन्ने कुरामा एकमत बनौँ, पुँजीवादी जनवाद, बहुदलीय जनवादका थोत्रा बनिसकेका अवधारणाहरूबाट मुक्त बनौँ”, उनले भनेका छन् ।
नेपाली विशेषताको समाजवादी कार्यक्रम र त्यसलाई प्राप्त गर्ने कार्यदिशा, नीति, सिद्धान्त, रणनीति, कार्यनीति र लक्ष्यका आधारमा एकताबद्ध हुनुपर्ने उल्लेख गर्दै उनले कम्युनिस्ट पार्टीलाई सर्वहारा श्रमिक वर्गको स्वतन्त्र क्रान्तिकारी शक्तिका रूपमा खडा गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै
-
गरिब, विपन्न नागरिकलाई निःशुल्क खानेपानीको सुनिश्चित गर्ने दिशामा सरकारले काम गर्यो : खानेपानी मन्त्री
-
‘गाउँमै अस्पताल, सबै नागरिकको स्वास्थ्य बीमा’
-
चट्याङ लागेर खाजा खाँदै गरेका दुई जना घाइते
-
पर्सामा ३७ बिघामा लगाइएको गाँजा नष्ट
-
कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन देखायो चासो, भैरहवा र पोखराबाट उडान गर्न आग्रह