सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

विशेष अदालतको फैसला विरुद्ध अख्तियार सर्वोच्चमा

सोमबार, ०१ वैशाख २०८२, ०६ : २१
सोमबार, ०१ वैशाख २०८२

काठमाडौँ । विशेष अदालतबाट भएको फैसला चित्त बुझ्दो नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग  पुनरावेदनका लागि आइतबार सर्वोच्च अदालतमा पुगेको छ ।

आयोगले चितवन राष्ट्रिय निकुञ्ज कार्यालय सौराहा सेक्टरका तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठक विरुद्धको मुद्दामा पुनरावेदन गरेको हो । आयोगले रु ३१ लाख ५९ हजार सात सय ३५ बराबरको बिगो दाबी गरेको थियो । सो मुद्दामा विशेषले गत असार १८ गते सफाइ दिएको थियो ।

त्यसै गरी आयोगले नापी कार्यालय रुपन्देहीका नापी अधिकृत ध्रुवराज मरासिनी, विन्देश्वर यादव र सर्वेक्षक ठाकुरप्रसाद गुरौ विरुद्धको मुद्दामा पनि पुनरावेदन गरेको छ । जग्गा नियम विपरीत कित्ता काट र गलत फाइल नक्सा तयार पारेकाले सो कार्य भ्रष्टाचारजन्य गतिविधि रहेको आयोगको ठहर छ । सो मुद्दामा विशेष अदालतले २०८० फागुन १७ गते फैसला गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप