मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

भोलेनाथको बार तथा नयाँ वर्ष आजका दिन कुन राशिलाई कस्तो फल ?

सोमबार, ०१ वैशाख २०८२, ०६ : ०७
सोमबार, ०१ वैशाख २०८२

आज विक्रम संवत २०८२ साल वैसाख १ गते,  सोमबार । ईश्वी सन् २०२५ अप्रिल १४ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४७ । वैसाख कृष्णपक्ष । तिथि–प्रतिपदा, ३ घडी १० पला, बिहान ६ बजेर ५९ मिनेट उप्रान्त द्धितीया । नक्षत्र–स्वाती, ४२ घडी ५२ पला, बेलुकी १० बजेर ५१ मिनेट उप्रान्त विशाखा । योग–बज्र, ३९ घडी ४० पला, बेलुकी ९ बजेर ३५ मिनेट उप्रान्त सिद्धि । करण–कौलव, बेलुकी ६ बजेर ५९ मिनेट उप्रान्त तैतिल, बेलुकी ८ बजेर १ मिनेट उप्रान्त गर । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४३ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर २७ मिनेट । दिनमान ३१ घडी ५२ पला । नववर्ष प्रारम्भ।

आजको बार बेला   

  • बिहान ५ बजेर ४३ मिनेटसम्म अमृत बेला ।
  • बिहान ५ बजेर ४४ मिनेटदेखि बिहान ७ बजेर १८ मिनेटसम्म काल बेला ।
  • बिहान ७ बजेर १९ मिनेटदेखि बिहान ८ बजेर ५४ मिनेटसम्म शुभ बेला ।
  • बिहान ०९ बजेर  ५५ मिनेटदेखि बिहान १० बजेर २९ मिनेटसम्म रोग बेला ।
  • बिहान १० बजेर ३० मिनेटदेखि बिहान १२ बजेर ५ मिनेटसम्म उद्धेग बेला ।
  • मध्यान्ह १२ बजेर ६ मिनेटदेखि दिउँसो १ बजेर ४१ मिनेटसम्म चर बेला ।
  • दिउँसो १ बजेर ४२  मिनेटदेखि दिउँसो ३ बजेर १६ मिनेटसम्म लाभ बेला ।
  • दिउँसो ४  बजेर १७ मिनेटदेखि बेलुकी ४ बजेर ५२ मिनेटसम्म अमृत बेला ।
  • बेलुकी ४ बजेर ५३ मिनेटदेखि बेलुकी ७ बजेर ५२ मिनेटसम्म चर बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान ७ बजेर १८ मिनेटदेखि बिहान ८ बजेर ५३ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्ह मुहुर्त
बिहान ४ बजेर ८ मिनेटदेखि बिहान ४ बजेर ५६ मिनेटसम्म ब्रम्ह मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइनेछ । विभिन्न विलाशी वस्तुको प्रयोग गरी मनग्गे आम्दानी हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरुबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई विस्वास गर्ने वातावरण बन्नेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । मनोरञ्जन, खानपान तथा यात्रामा समय व्यतित हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समयको सदुपयोग गरी रोजगारका अवसरहरु बढाउन सकिनेछ । कर्म प्राप्तिको लागि लामो दुरीको विदेश यात्रा हुने सम्भावनालाई नकार्न सकिदैन । र, पनि आफन्त तथा घरपरिवारका सदस्यसँग बसेर मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यतित हुनेछ । प्रविधिको प्रयोग गरी  आफ्ना भनाइहरु जनमानसमा लैजान सकिनेछ ।  

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आम्दानीको तुलनामा खर्च कम हुने हुँदा फाइदा हुने क्षेत्र खोजेर लगानी गर्न सकिनेछ । राजनीतिमा लाग्नेहरुले राज्यबाट विषेश सेवा सुविधा पाप्त गर्न सक्नेछन् । पढाइ लेखाइ प्रगतिकै बाटोमा अघि बढाउन सकिनेछ भने वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट प्रसस्त नाफा कमाउन सकिनेछ । छोटो दुरीको यात्राको तय गरी रमाउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीति तथा समाजसेवीहरुले राज्यबाट लाभ पाउने समय रहेकोछ बुवा तथा बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनेछ भने आफन्त तथा सहयोगीहरुले तपाईंकैसाथ दिनेछन् । रमाइलो यात्राको तय गरि मिष्ठान्न भोजनमा रमाउन सकिनेछ । अध्ययन वा कामलाई थाती राख्दै परिवारकासाथ समय व्यतित गर्न पाउदा मन प्रशन्न हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिनेछ भने यात्राका क्रममा महत्वपूर्ण व्यक्तिसँग भेटघाट हुनेछ । तपाईंको काममा आफन्त तथा शुभचिन्तकको सहयोग रहनेछ । माया प्रेमको गाठो कसिलो भएर जाने तथा जीवन साथीको सहयोगले राम्रा कामहरु सम्पादन हुनेछन् । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरी टीका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ ।  परिवारका यात्रा तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्त तथा गुरुजनको सुझावलाई सिरोधार्य गर्दै अगाडि बढ्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेकोछ भने प्रेममा सामिप्यता बढेर जानेछ । सन्तान, छोराछोरी तथा आफन्तसँग रमाइलो यात्राको तय गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरि आफ्ना भनाइहरु जनमानसमा लैजान सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भौतिक सम्पत्ति तथा मानव निर्मित वस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । लामो समयदेखि भेट नभएका मित्रसँग भेट हुनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ भने रमाइलो  यात्रा तय हुनेछ । गुरुहरुको राम्रो सहयोग पाइने हुँदा गन्तव्य पहिल्याउन सहज हुनेछ । यात्राको तय गरेर परिवारकासाथ रमाउन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) शत्रु तथा प्रतिस्पर्धीहरु आइलाग्ने भएपनि अन्तत तपाईंको क्षमता देखेर आफै साइड लाग्नेछन् । स्वास्थ्य सम्बन्धी पुराना समस्याहरु ठीक हुँदै जाने तथा काम गर्न सहज वातावरण बन्नेछ । प्रेम प्रसंगमा एक अर्काबीच नजिक हुने तथा रमाउन सकिनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यतित हुनेछ । साथीभाइसँगको भेटले मन प्रफुल्ल हुनेछ ।

धनु  (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुसी भएको महशुस गर्नेछन् । छोटो दुरीको रमाइलो यात्राको तय हुने तथा समय रमाइलो गरि विताउन सकिनेछ । अध्ययन वा कामलाई थाती राख्दै परिवारका साथ रमाउन सकिनेछ । आकस्मिक धन तथा भौतिक सम्पत्ति लाभ हुनेछ । अनलाइन व्यापारबाट लाभ लिन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रयत्न गर्दा महत्पपूर्ण कामहरु सम्पादन हुनेछन् । आम्दानी बढ्ने हुदा लगानी गर्ने अवसर जुर्नेछ । आफन्त तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्गे आम्दानी बढाउन सकिनेछ । यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यतित हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकीहरुसँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाइलो यात्रा गरी मनोरञ्जन लिन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । लेखन कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आत्मीय मित्र तथा कुटुम्बसँगको सम्बन्ध थप सुमधुर भएर जानेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै उपलब्धिमूलक कामहरु गर्न सकिनेछ । गायन पेशा तथा कला साहित्यमा समय दिनेहरुले आम्दानीका स्रोतहरु बढाउन सक्नेछन् । रमाइलो यात्राको तय हुनेछ भने मिष्ठान्न भोजन ग्रहण गर्दै समय व्यतित गर्न सकिनेछ । प्रविधिको प्रयोग मार्फत नयाँ काम गर्न सकिनेछ ।

तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप