शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग

सोमबार, ०१ वैशाख २०८२, ०१ : ४१
सोमबार, ०१ वैशाख २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले जितको खडेरी तोडेको छ । अरुण जेटली स्टेडियममा मुम्बईले दिल्ली क्यापिटल्सविरुद्ध १२ रनको जित निकालेको हो । 

यो सँगै दिल्ली क्यापिटल्सको अपराजित यात्रा भङ्ग भएको छ । दिल्ली यसअघिका चार खेलमा अपराजित थियो । लगातार चार खेल जितेर ८ अंक बटुलेको दिल्लीले  पहिलो हार व्यहोरे पनि दोस्रो स्थानमा कायम छ । एक खेल बढी खेलेर समान ८ अंक जोडेको गुजराज टाइटन्स रनरेटका आधारमा शीर्ष स्थानमा छ ।  हालसम्म खेलेका ६ खेलमा जम्मा दुई जित निकालेको मुम्बई भने चार अंक बटुलेर सातौं स्थानमा उक्लिएको छ । 

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०५ रनको योगफल तयार पार्दै दिल्लीसामु २०६ रनको चुनौति पेश गरेको थियो । जवाफमा दिल्लीले १९ ओभर खेल्दै मिचेल स्टार्चबाहेक सबैलाई गमाएर जम्मा १९३ रन मात्रै बनाउन सक्यो । 

दिल्लीका लागि करुण नायरले सर्वाधिक ८९ रन बनाए पनि हार टार्न सकेनन् । ४० बल खर्चिएका उनले १२ चौका र ५ छक्काको मद्दतले उत्कृष्ट पाली खेलेका हुन् । ओपनर ज्याक फ्रेजर म्याकगर्क शून्यमा आउट हुँदा अर्का ओपनर अभिषेक पोरेलले ३३ रन जोडे ।

आशुतोष शर्माले १७ र केएल राहुलले १५ तथा विप्रज निगमले १४ रन बनाए । अन्य व्याट्सम्यानले दोहोरो स्कोर गर्न सकेनन् । बलिङतर्फ मुम्बईका कर्ण शर्मा एक्लैले तीन विकेट लिए भने मिचेल सेन्टनरले दुई विकेट हात पारे । 

यसअघि, मुम्बईका तिलक बर्माले सर्वाधिक ५९ रन बनाएका थिए । ३३ बल खर्चेका  उनले ६ चौका र तीन छक्का प्रहार गरे । रियन रिककेल्टनले २५ बलमा पाँच चौका र दुई छक्काको हिर्काउँदै ४१ रन जोडे । 

सूर्यकुमार यादव ४० र रोहित शर्मा १८ रनमा आउट हुँदा नमन धीर ३८ रनमा अविजित रहे । दिल्लीका विपराज निगम र कुल्दीप यादवले समान दुई-दुई विकेट लिए । 

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप