वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी

वीरगन्ज । स्थानीय प्रशासनले वीरगन्जमा लगाएको कर्फ्यू हटेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार मध्यान्न १२ बजेसम्मका लागि जारी गरेको कर्फ्यू आदेश लम्ब्याएकामा सोमबार भने कायम नहुने गरी हटाएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार वीरगन्जको कर्फ्यू मध्यराती १२ बजेदेखि लागू हुनेगरी हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । उनका अनुसार हाललाइ कर्फ्यू हटाइएको छ, तर केही ठाउँमा निषेधाज्ञा भने लागू गरिएको छ । महानगरपालिको चार वटा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रजिअ अर्यालले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी अर्याल स्वयंले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) (क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो।’ जिल्लामा शान्ति सुरक्षा कायम गर्न पर्सा प्रशासनले महानगरपालिका क्षेत्रका चार मुख्य नाकामा निषेधाज्ञा जारी गरेको उनको भनाइ छ ।
निषेधाज्ञामा वीरगन्ज महानगरपालिकाभित्र पर्ने स्थानहरूमा कुनै पनि किसिमका सभा, जुलुस, प्रदर्शन तथा भीडभाड गर्न नपाइने स्पष्ट भनिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले आम नागरिकलाई निषेधाज्ञाको पालना गर्न आग्रह गर्दै आदेशको उल्लंघन गर्नेहरूमाथि कानून बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ।
हनुमान जयन्तीको उत्सवका मनाउँदै गर्दा वीरगन्जमा दुइ समुदायबीचको विवादले उग्ररुप लिएपछि प्रशासनले शनिबार साँझ साढे ६ बजेदेखि कर्फ्यू आदेश जारी गरेको थियो । तर, आइतबार दिनभर जिल्ला प्रशासन कार्यालयमा भएको सहमतिले विवाद साम्य भएपछि कर्फ्यू हटाइएको बताइएको छ ।
हेरौँ निषेधाज्ञा जारी गरिएको विज्ञप्ति
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै