प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
सोमबार, ०१ वैशाख २०८२, ०० : ४४

काठमाडौं । लिभरपुलले इंग्लिश प्रिमियर लिग फुटबलको उपाधिमा सोझो कब्जा जमाउने सम्भावना बढेर गएको छ । आइतबार राती भएको खेलमा लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई २-१ ले हराएर अंक दुरी झन् बढाएको छ ।
यो खेलसँगै दोस्रो स्थानको आर्सनलसँग लिभरपुलको अंक दुरी १३ अंकमा पुगेको छ । यसले लिभरपुलले उपाधिमाथि सोझो कब्जा जमाउने सम्भावना बढेर गएको हो ।
लिभरपुलको ३२ अेलबाट ७६ अंक भएको छ भने आर्सनलको समान खेलबाट ६३ अंक छ । तेस्रो स्थानको नटिङघमको झन् ५७ अंक छ ।
प्रिमियर लिगमै चेल्सी इप्सविच टाउनसँग २-२ को बराबरीमा रोकिँदा उल्भ्सले टोटनह्याम हट्स्परलाई ४-२ ले हरायो । यस्तै, न्यूक्यासल युनाइटेडले म्यान्चेस्टर युनाइटेडलाई ४-१ गोल अन्तरले हराउँदै महत्वपूर्ण ३ अंक खोस्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा पक्राउ परेका चार जनामाथि ६ दिन म्याद थप
-
सरकारसँग ६१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात
-
आन्दोलनमा उत्रिएका शिक्षकका मागहरू अस्पष्ट छन्
-
अस्पतालको आईसीयूमा रहेकी एयरहोस्टेसमाथि यौन दुर्व्यवहार
-
धरौटी रकम फिर्ता लैजान विद्यार्थीलाई त्रिविको आग्रह
-
विशेषले सफाइ दिएका दुई मुद्दाको अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन