एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिड विजयी भएको छ । रियालले अवे मैदानमा डोपोर्टिभो अलाभेसविरुद्ध १-० को जित निकालेको हो ।
रियाललाई जिताउन पहिलो आधा अर्थात् हाफअघि एडुआर्डो क्यामाविंगाले निर्णाय गोल गरे । उनले ३४ औं मिनेटमा गरेको गोल नै रियाललाई जितका लागि पर्याप्त बन्यो ।
उनले गोल गरेको चार (३८औं) मिनेट मै केलियन एम्बाप्पे रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । उनले एन्टोनियो ब्लेन्कोलाई हार्ड ट्याकल गरेको र असुरक्षा अनुभूति भएको भन्दै भीएआर फुटेज समीक्षाले एम्बाप्पेलाई खेलबाट बाहिर गरिदिएको हो ।
एम्बाप्पेले रातो कार्ड खाएको खेल जित्दै रियाल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँग अंक दुरी घटाएको छ । अब यी दुईबीचको अंकदुरी ४ अंकमा झरेको छ ।
शीर्ष स्थानमा रहेको बार्सिलोनाको ३१ खेलबाट ७० अंक छ भने समान खेलबाट रियाल मड्रिडको ६६ अंक भएको छ । तेस्रो स्थानको एटलेटिको मड्रिडको भने ६० अंक छ ।
आइतबार राती भएको खेलमा एम्बाप्पेले झैं घरेलु टोलीका मनु सान्चेजलाई समेत भीएआरले रातो कार्ड दियो । जस कारण दोस्रो हाफपछि दुबै टोली दाबाबमा रहे भने पछि दुबैबाट कुनै गोल हुन सकेन । ला लिगा मै ओसासुनाले गिरोनालाई २-० ले हरायो । यस्तै, भिया रियालले रियाल बेटिसलाई २-१ ले हराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ