१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म
_atNA9hHt2x.jpg)
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. तीनकुने घटनाबारे बोले ज्ञानेन्द्र
पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुनेमा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । नयाँ वर्ष २०८२ को अवसरमा आइतबार भिडियो सन्देश जारी गर्दै उनले तीनकुने घटनाबारे दुःख व्यक्त गरेका हुन् ।
२. रवि लामिछानेको मुद्दामा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाएको छ । सहकारी ठगी तथा संगठित अपराध कसुरमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा चैत २९ गते ‘थुनुवा दफा ७३’ निवदेन दायर भएको थियो ।
३. शिक्षकहरूलाई घर फर्काउने गृहकार्यमा मन्त्रालय
शिक्षकहरूले उठान गरेका माग सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तयार देखिएको छ । विभिन्न माग अघि सारेर विगत १२ दिनदेखि काठमाडौँमा सडक आन्दोलन गर्दै आएका शिक्षक तथा विद्यालय कर्मचारीहरूका माग सम्बोधन गर्न मन्त्रालय तयार देखिएको हो ।
४. ६० लाख लुटमा संलग्नहरुविरुद्ध डाँकाचोरी मुद्दामा अनुसन्धान
काठमाडौँका पेप्सीकोलाबाट ६० लाख रुपैयाँ लुट्ने समूहलाई प्रहरीले डाँकाचोरी मुद्दामा अनुसन्धान थालेको छ । चैत २७ मा एउटा समूहले काठमाडौं–३२ स्थित मनहरा टाउन प्लानिङमा काठमाडौँको बौद्ध घर भएका ४२ वर्षीय रितेश लामालाई लुटपाट गरेका हुन् ।
५. जाजरकोट भूकम्पको क्षति आकलन गर्न सम्झौता
जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासको क्षति आकलन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मध्यपश्चिम विश्वविद्यालयबिच सम्झौता भएको छ । प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश भट्ट र विश्वविद्यालयको ग्राजुएट स्कुल अफ इञ्जिनियरिङका डिन सहप्राध्यापक डा। राजन सुवालले आइतबार आज सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
६. वर्ष २०८१ लाई फर्केर हेर्दा
२०८१ साल बिदा हुँदैछ । यो वर्ष राजनीति लगायत विभिन्न क्षेत्रमा भएका महत्त्वपूर्ण घटनाक्रमलाई समेटेर रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
७. ज्वाला संग्रौलालाई लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश
रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाविरुद्ध दायर अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । आइतबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शारंगा सुवेदीको इजलासले संग्रौलालाई अदालतको अवहेलना हुनेगरी अभिव्यक्ति दिनुको कारणबारे लिखित जवाफसहित उपस्थित हुन आदेश गरेको हो ।
८. निलम्बित न्यायाधीश गिरीले पाए सफाइ
उच्च अदालत पाटनले न्यायाधीश भुवन गिरीलाई सफाइ दिएको छ । वैवाहिक बलात्कार मुद्दामा आइतबार न्यायाधीश लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो ।
९. वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको जग्गा जफत
सरकारले वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको जग्गा, सेयर र नगद जफत गरेको छ । सर्वोच्च अदालतको २०६८ भदौ २१ गतेको फैसला बमोजिम चतुर्वेदीको जग्गा, सेयर र नगद जफत गरिएको हो ।
१०. तीनकुने घटनामा संलग्न दुई जना पक्राउ
पूर्वराजाको समर्थनमा चैत १५ मा भएको प्रदर्शनमा तीनकुनेस्थित घरमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आगजनीमा संलग्न आरोपमा प्रवीण जोशी र सुरज गौतम पक्राउ गरेका छन् ।
११. हुण्डीको ९ लाख रकमसहित युवती पक्राउ
काठमाडौँ महानगरपालिका–२२ स्थित न्युरोडबाट प्रहरीले हुण्डी कारोबारमा संलग्न आरोपमा एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–१० घर भएकी १९ वर्षीय करिना देवकोटा छिन् ।
१२. सिमेन्ट र डन्डीमा एमआरपी अनिवार्य
सरकारले वैशाख १ गतेदेखि सिमेन्ट र डन्डी (फलामे छड)मा एमआरपी अनिवार्य गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्ट र फलामे छडमा अधिकतम खुद्रा बिक्री मूल्य ९एमआरपी० अनिवार्य राख्न निर्देशन दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासन लिन २०० माइल यात्रा गर्नुपर्ने अमेरिकाकै दुर्गम ठाउँमा किन बस्छिन् यी महिला ?
-
जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण
-
२०८२ सालमा कुन-कुन राशिलाई शनिको अढैया तथा साढेसाति दशा छ ? हेर्नुहोस्
-
पञ्जाबका लागि नायक बनेका चहलले बनाए नयाँ रेकर्ड
-
कूटनीतिक प्रतिनिधिलाई इलामको पर्यटकीय अनुभव
-
कोशी प्रदेश लगानी सम्मेलन : ५४ वटा परियोजना सोकेसिङ, १ खर्बको एमओयु गर्ने तयारी