जाजरकोट भूकम्पको क्षति आकलन गर्न सम्झौता

सुर्खेत । जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासको क्षति आकलन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मध्यपश्चिम विश्वविद्यालयबिच सम्झौता भएको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश भट्ट र विश्वविद्यालयको ग्राजुएट स्कुल अफ इञ्जिनियरिङका डिन सहप्राध्यापक डा. राजन सुवालले आइतबार आज सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
विश्वविद्यालयले २८ हजार ३५७ परिवारको निजी घरको क्षति आंकलनका लागि ८५ जना प्राविधिक भूकम्पबाट प्रभावित जिल्लाका क्षति आंकलन हुन बाँकी स्थानीय तहहरुमा खटाउने छ।
यसअघि विस्तृत क्षति आंकलनका लागि प्राधिकरण र पुल्चोक इञ्जिनियरिङ क्याम्पस बीच पनि सम्झौता भई विस्तृत क्षति आंकलन थियो।
चैत्र ३० गते साँझसम्मको प्राधिकरणको प्रणालीमा प्रविष्ट तथ्यांकअनुसार जाजरकोट भूकम्पबाट प्रभावित ३४ हजार ३५ निजी आवासको विस्तृत क्षति आंकलन भइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै
-
गरिब, विपन्न नागरिकलाई निःशुल्क खानेपानीको सुनिश्चित गर्ने दिशामा सरकारले काम गर्यो : मन्त्री यादव
-
‘गाउँमै अस्पताल, सबै नागरिकको स्वास्थ्य बीमा’
-
चट्याङ लागेर खाजा खाँदै गरेका दुई जना घाइते
-
पर्सामा ३७ बिघामा लगाइएको गाँजा नष्ट
-
कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन देखायो चासो, भैरहवा र पोखराबाट उडान गर्न आग्रह