बिस्का जात्रा : रथले किचेर एक जनाको मृत्यु
आइतबार, ३१ चैत २०८१, २२ : ३६

भादगाउँ । भक्तपुरमा बिस्का जात्रा मनाउने क्रममा भैरवनाथको रथले किचेर एक जनाको मृत्यु भएको छ ।
भक्तपुर नगरपालिका–४ घर भई हाल सूर्यविनायक नगरपालिका–८ सिपाटोलस्थित इटबू बस्ने ३६ वर्षीय सुशील तमखूको मृत्यु भएको हो ।
बिस्काः जात्राको चौथो दिन आज भेलुखेलस्थित योसिंखेलमा ५५ हात लामो योसिं ठड्याउन भैरवनाथको रथलाई गाःहिटीबाट योसिंखेल लैजाने क्रममा तमखूलाई रथले किचेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।
रथले तमखूको शरीरको बीच भागमा किचेको र उनको घटनास्थलमा नै मृत्यु भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूका माग सम्बोधन गर्न नेता साउदको आग्रह
-
सङ्घलाई जिडिपीको पाँच र प्रदेश तथा स्थानीय तहलाई राजस्वको १२ प्रतिशत नबढ्ने गरी ऋण उठाउन सिफारिस
-
विदेशी बैंकमा सरकारको सेयर लगानी ११ अर्ब ५२ करोड
-
‘छक्का पन्जा ५’ अब ओटीटीमा
-
अमेरिकामा व्यापार युद्धको इतिहास
-
नयाँ वर्षको पहिलो दिन ‘पिताम्बर’को उत्साहजनक व्यवसाय