बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : तीनकुने घटनाबारे बोले ज्ञानेन्द्र, रविको मुद्दामा कैफियत प्रतिवेदन माग्यो सर्वोच्चले

आइतबार, ३१ चैत २०८१, २२ : ००
आइतबार, ३१ चैत २०८१

आज २०८१ चैत ३१ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– 

आजका मुख्य समाचारमा तीनकुने घटनाबारे बोले ज्ञानेन्द्र, रवि लामिछानेको मुद्दामा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन, शिक्षकहरूलाई घर फर्काउने गृहकार्यमा मन्त्रालय, वर्ष २०८१ लाई फर्केर हेर्दा, ज्वाला संग्रौलालाई लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश, निलम्बित न्यायाधीश गिरीले पाए सफाइ लगायत छन् ।

१. तीनकुने घटनाबारे बोले ज्ञानेन्द्र
पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुनेमा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । नयाँ वर्ष २०८२ को अवसरमा आइतबार भिडियो सन्देश जारी गर्दै उनले तीनकुने घटनाबारे दुःख व्यक्त गरेका हुन् ।

२. रवि लामिछानेको मुद्दामा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाएको छ । सहकारी ठगी तथा संगठित अपराध कसुरमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा चैत २९ गते ‘थुनुवा दफा ७३’ निवदेन दायर भएको थियो ।

३. शिक्षकहरूलाई घर फर्काउने गृहकार्यमा मन्त्रालय
शिक्षकहरूले उठान गरेका माग सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तयार देखिएको छ । विभिन्न माग अघि सारेर विगत १२ दिनदेखि काठमाडौँमा सडक आन्दोलन गर्दै आएका शिक्षक तथा विद्यालय कर्मचारीहरूका माग सम्बोधन गर्न मन्त्रालय तयार देखिएको हो ।

४. वर्ष २०८१ लाई फर्केर हेर्दा
२०८१ साल बिदा हुँदैछ । यो वर्ष राजनीति लगायत विभिन्न क्षेत्रमा भएका महत्त्वपूर्ण घटनाक्रमलाई समेटेर रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।  

५. ज्वाला संग्रौलालाई लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश
रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाविरुद्ध दायर अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । आइतबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शारंगा सुवेदीको इजलासले संग्रौलालाई अदालतको अवहेलना हुनेगरी अभिव्यक्ति दिनुको कारणबारे लिखित जवाफसहित उपस्थित हुन आदेश गरेको हो ।

६. निलम्बित न्यायाधीश गिरीले पाए सफाइ
उच्च अदालत पाटनले न्यायाधीश भुवन गिरीलाई सफाइ दिएको छ । वैवाहिक बलात्कार मुद्दामा आइतबार न्यायाधीश लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो । 

७. वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको जग्गा जफत
सरकारले वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको जग्गा, सेयर र नगद जफत गरेको छ । सर्वोच्च अदालतको २०६८ भदौ २१ गतेको फैसला बमोजिम चतुर्वेदीको जग्गा, सेयर र नगद जफत गरिएको हो ।

८. तीनकुने घटनामा संलग्न दुई जना पक्राउ
पूर्वराजाको समर्थनमा चैत १५ मा भएको प्रदर्शनमा तीनकुनेस्थित घरमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आगजनीमा संलग्न आरोपमा प्रवीण जोशी र सुरज गौतम पक्राउ गरेका छन् ।

९. हुण्डीको ९ लाख रकमसहित युवती पक्राउ
काठमाडौँ महानगरपालिका–२२ स्थित न्युरोडबाट प्रहरीले हुण्डी कारोबारमा संलग्न आरोपमा एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–१० घर भएकी १९ वर्षीय करिना देवकोटा छिन् ।

१०. सिमेन्ट र डन्डीमा एमआरपी अनिवार्य
सरकारले वैशाख १ गतेदेखि सिमेन्ट र डन्डी (फलामे छड)मा एमआरपी अनिवार्य गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्ट र फलामे छडमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) अनिवार्य राख्न निर्देशन दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप