नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने, ‘सरकारले दलाल र विचौलियाको पक्षमा निर्णय लिँदा जनआक्रोश बढ्यो’
आइतबार, ३१ चैत २०८१, २१ : ३७

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्ष २०८२ सालको शुभकामना दिएका छन् ।
आइतबार साँझ एक भिडियो सन्देश जारी गर्दै उनले सम्पूर्ण नेपालीहरुमा नयाँ वर्षको शुभकामना दिएका हुन् ।
त्यसअवसरमा उनले २०८२ साल नयाँ अवसर र चुनौती लिएर प्रस्तुत भएको बताए । जनताको अधिकारलाई ऐतिहासिक रुपमा सुनिश्चित गरेको संविधानको पूर्ण कार्यान्वयन नहुँदा लोकतान्त्रिक प्रणालीप्रति कतिपयले प्रश्न उठाउन खोजिरहेको बताए ।
सरकारले दलाल र विचौलियाको पक्षमा स्वेच्छाचारी निर्णय लिरहँदा जनआक्रोश बढिरहेको बताए ।
उनले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ सुदृढ लोकतान्त्रिक गणतन्त्र भएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको मण्डनदेउपुर नगरपालिकामा बुधबार सार्वजनिक बिदा
-
हार्डवेयर पसलका सञ्चालकविरुद्ध राजस्व छलीको मुद्दा
-
घट्यो पेट्रोल र डिजेलको मूल्य
-
पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब लिटरमा कति ?
-
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु
-
जलविद्युतको बीमालाई डिट्यारिफ गर्ने सहमति कार्यान्वयन गर्न बीमा प्राधिकरणसँग इप्पानको माग