मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

चरिकोटमा ‘सडकमा खाऊँ, सडकमै रमाऊँ’महोत्सव

आइतबार, ३१ चैत २०८१, २१ : ३०
आइतबार, ३१ चैत २०८१

चरिकोट । आजदेखि यहाँ ‘सडकमा खाऊँ, सडकमै रमाऊँ’ सडक खाना महोत्सव प्रारम्भ भएको छ । महोत्सवको नागरिक उड्डयन तथा पर्यटनमन्त्री बद्री पाण्डेले आइतबार उद्घाटन गरेका हुन् ।

बहुभाषिक, बहुजातीय, बहुसंस्कार र बहुसंस्कृति भएको मुलुकको यो विविधताले विश्वमा नेपालको बेग्लै परिचय भएकाले यस्ता महोत्सवका माध्यमबाट आन्तरिक एवं पर्यटक आकर्षित गर्न मद्दत पुग्ने उनले बताए ।
देशको दिगो विकास सरकारको प्राथमिकता भएको बताउँदै विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्रको विकासलाई पनि सरकारले उच्च प्राथमिकता दिएर काम गरिरहेको समेत बताए ।

दोलखा चेम्बर अफ कमर्स र होटल तथा पर्यटन व्यवसायी सङ्घको संयुक्त आयोजनामा महोत्सव भएको हो । महोत्सव तीन दिनसम्म जारी रहने छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप