शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

मण्डलामा सुनिए मञ्जुल, अभि सुवेदी र एलिसा एकलास

आइतबार, ३१ चैत २०८१, २१ : १६
आइतबार, ३१ चैत २०८१

काठमाडौँ । काठमाडौँको थापागाउँस्थित मण्डला थिएटरमा राल्फा अभियानका सदस्य मञ्जुल, प्राध्यापक अभि सुवेदी र एलिसा एकलासले कविता सुनाएका छन् ।

शनिबार सृजनात्मकता र कला प्रवाहको उत्सवका रूपमा आभा फर क्रियटिभले आयोजना गरेको आभा काव्य लहर-८ मा उनीहरूले कविता वाचन गरेका हुन् । 

कार्यक्रमको सुरुवात अच्युतरमण भण्डारी संगीत प्रतिष्ठानका कलाकारहरूले शास्त्रीय संगीतबाट भएको थियो । जसमा प्रतिष्ठान अच्युतराम भण्डारीले तबला, परशुराम भण्डारीले सारङ्गी र सीता भण्डारी सिटारमार्फत आफ्नो प्रस्तुति दिएका थिए । 

त्यसपश्चात प्राडा अभि सुवेदी, एलिसा एकलास र मञ्जुलले क्रमशः २५र२५ मिनेटको समयावधिमा आफ्ना कविताका कवितासँग जोडिएका रोचक अनुभवहरू प्रस्तुत गरेका थिए । मञ्जुल र अभीले आफ्नो सम्बन्धका पुराना किस्साहरू सुनाउँदा माहोल रोमाञ्चक बनेको थियो । 

कविताहरूलाई थप दृश्यात्मक र प्रभावशाली बनाउँदै, हरेक कविको एउटा–एउटा कविता माथि कलाकारत्रय सुरज पराजुली, भूमिका थारू र कबिर काफ्काले भावभंगी कला (पर्फमेन्स आर्ट) प्रस्तुत गरेका थिए । 

अन्शु खनालले सञ्चालन गरेको कार्यक्रम आभा फर क्रियटिभिटीका अध्यक्ष रसिक राजको अध्यक्षता तथा राजेन्द्र भट्टको संयोजकत्वमा सम्पन्न भएको थियो।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप