मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

पूर्वराजा ज्ञानेन्द्र र मोदीको भारतमै विरोध

आइतबार, ३१ चैत २०८१, २१ : १७
आइतबार, ३१ चैत २०८१

काठमाडौं । भारतीय नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतमै विरोध गरेका छन् । 

भारतमा आयोजित नेकपा माओवादी केन्द्रनिकट भारत नेपाली एकता मञ्चको कार्यक्रममा बोल्दै भारतीय कम्युनिष्ट पार्टी सिपिआई एमएल लिव्रेसन नेता पुरुषोत्तम शर्माले मसानघाटमा पुर्‍याइएको राजतन्त्रको भारतमै विरोध गरेका हुन् । 

नेपाल सार्वभौम देश भएको बताउँदै जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई रक्षा गर्नुपर्ने बताए । आत्मसमर्पणवादी नीति नरेन्द्र मोदी सरकारले लिएको उनले बताए । सिपिआई एमएल लिव्रेसन केन्द्रीय सदस्य रमेश शर्माले नेपालमा राजतन्त्र आउनै नसक्ने बताए । उनले गणतन्त्र पक्षधर एक हुनुपर्ने समेत बताए ।

लोक संग्राम मोर्चाका अध्यक्ष तारा सिंहले ठूलो क्रान्ती गरेर गणतन्त्र आएको बताए । उनले मोदी सरकार किसान विरोध भएको समेत बताए ।

आम आदमी पार्टीका सांसद रोमण अवडाले नेपाली श्रमिकको पक्षमा भएको बताए । पुररुत्थानवादीप्रति समेत हुन उनले आग्रह गरे । ज्ञानेन्द्र शाहलाई राजतन्त्रको सपना नदेख्न आग्रह समेत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप