ललितपुरको मंगलबजारमा ११ वर्षीया बालिका मृत फेला
आइतबार, ३१ चैत २०८१, २१ : १२
काठमाडौं । ललितपुरको मंगलबजारमा ११ वर्षीया बालिका मृत अवस्थामा भेटिएकी छन् ।
मंगलबजारको खपिनछेँ टोलमा रहेको घरमा पानी ट्यांकीमा शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।
मृतक बझाङ घर भएकी ११ वर्षीया दुर्गा बोहरा हुन् । उनी चैत ११ देखि हराएकी थिइन् । बोहराका परिवार पहिले उक्त घरमा बस्ने गरेको र एक महिनाअघि त्यहाँबाट अन्यत्र सरेको पाइएको छ । घटनामा संलग्नहरूमाथि प्रहरीले सोधपुछ गरिरहेको छ ।