मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

एमआरपी मूल्य  उल्लेख नगरी वस्तु बिक्री गर्ने पसललाई दुई लाख जरिवाना

आइतबार, ३१ चैत २०८१, २० : १८
आइतबार, ३१ चैत २०८१

काठमाडौँ। एमआरपी मूल्य  उल्लेख नगरि वस्तु बिक्री गरेका भेटिए पछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक पसललाई २ लाख जरिवाना तिराएको छ ।

विभागले आइतबार काठमाडौं महानगरपालिका–२२ मा रहेको आनन्द ट्रेडर्सलाई अधिकतम खुद्रा मूल्य (एमआरपी) सहित लेबल नलगाई सामान बेचेको भन्दै २ लाख जरिवाना तिराएको जनाएको छ ।

अनुगमनमा पुगेको विभागको टोलीले  ७ वटा पसललाई कारबाही गरेको जनाएको छ।

जसमध्ये बूढानीलकण्ठस्थित ट्रियु फार्मेसिया र द स्किन फार्मेसीलाई कस्मेटिक्स तथा न्युट्रास्युटिकल्सका सामग्रीको बिक्री रोक्का गरेको छ ।

यस्तैआरके सुज कलेक्सनलाई सामान्य निर्देशन दिएको छ। साथै मधुगंगा इन्टरप्राइजेज, मित्रलाल पौडेल र सजिलो रेन्टललाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप