मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

८४ मा ६४ को जस्तै परिणाम ल्याउने गरी माओवादी अघि बढिसक्यो : पम्फा भुषाल

आइतबार, ३१ चैत २०८१, १९ : ५७
आइतबार, ३१ चैत २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा बलियो माओवादी बनाउँदै ८४ को निर्वाचनमा ६४ जस्तै मतपरिणाम ल्याउने गरी माओवादी केन्द्र अघि बढिरहेको बताएकी छन् । 

आइतबार भारत नेपाली एकता मञ्चको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् । 

भुषालले क्रान्तीकारी विचारलाई दरो रुपमा समात्दै आत्मनिर्भर अर्थतन्त्रलाई अघि बढाउने नीतिअनुरुप माओवादी केन्द्र अघि बढेको बताइन् । 

उनले प्राप्त उपलब्धीको रक्षा गर्दै अघि बढ्न आवश्यक रहेको समेत बताइन् । जनतासंग माओवादी अभियानमा अहिले आफुहरु लागिपरेको उनले बताए । 

त्यसअवसरमा उपाध्यक्ष भुषालले समाजवादी आन्दोलनको आधार तयार पार्न आगामी निर्वाचमा माओवादीका प्रतिनिधिहरुलाई जिताउन सक्रिय भूमिका प्रवासी नेपालीहरुले खेल्नुपर्नेमा जोड दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप