आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय

न्युरोडबाट हुण्डीको ९ लाख रकमसहित युवती पक्राउ

आइतबार, ३१ चैत २०८१, १९ : २८
आइतबार, ३१ चैत २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका–२२ स्थित न्युरोडबाट प्रहरीले हुण्डी कारोबारमा संलग्न आरोपमा एक युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–१० घर भएकी १९ वर्षीया करिना देवकोटा छिन् ।

उनको साथबाट ९ लाख नगद र ६ लाख रुपैयाँको चेक बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।

अरोपीविरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप