मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

बेंगलुरुसँग हार्‍यो राजस्थान, कोहलीले बनाए टी-२० मा १०० औँ अर्धशतक

आइतबार, ३१ चैत २०८१, १९ : ०३
आइतबार, ३१ चैत २०८१

काठमाडौँ । जारी आईपीएलको २८ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गरेको छ । बेंगलुरुले जयपुरको सवाई मानसिंह रंगशालामा बलिङ रोजेको थियो ।

राजस्थानले ४ विकेट गुमाएर १७३ रन बनायो । बेंगलुरुले १७ दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य हासिल गर्‍यो ।

विराट कोहलीले आफ्नो टी-२० करियरको एक सय औं अर्धशतक प्रहार गरे, उनले ६२ रन बनाए । फिल साल्टले ३३ बलमा ६५ रन बनाए । देवदत्त पडिकल ४० रन बनाएर अविजित रहे । राजस्थानका यशस्वी जयस्वालले ७५ रनको इनिङ खेले ।

१८ औं आईपीएलको यो सिजनमा बेंगलुरुले ६ खेलमा चौथो जित दर्ता गरेको हो । टोलीको चारै जित आफ्नै मैदानबाहिर जितेको छ । दुवै हार घरेलु मैदानमा भोग्नुपरेको थियो । अर्कोतर्फ राजस्थानले ६ खेलमा चौथो हार बेहोर्‍यो । टोलीले २ खेल मात्र जित्न सकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप