मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुले पायो पुर्णता

आइतबार, ३१ चैत २०८१, १८ : ३९
आइतबार, ३१ चैत २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियुले पुर्णता पाएको छ । 

चैत १८ गते भएको स्ववियु निर्वाचनबाट अध्यक्षमा दिपकराज जोशी निर्वाचित भएका थिए । 

समानुपातिक तर्फका पदाधिकारी तथा सदस्यहरूको टुंगो लाग्न सकेको थिएन । आइतबार निर्वाचन समितिले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यहरूमध्येबाट बहुमतका आधारमा स्ववियु कार्यसमिति उपाध्यक्षमा सनम वली र सहायक सचिवमा सौगात अधिकारी निर्वाचित भएका छन् ।

दुवै जनाको टुंगो लागेसँगै स्ववियुले पुर्णता पाएको हो । यससँगै त्रिवि केन्द्रीय क्याम्पसमा २१ सदस्यीय स्ववियुको कार्यसमिति बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप