मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

पाथीभरा मन्दिरमा एक वर्षमा पुगे २ लाख २१ हजार भक्तजन, तीन करोड भेटी जम्मा

आइतबार, ३१ चैत २०८१, १८ : ३६
आइतबार, ३१ चैत २०८१

विराटनगर । ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिरमा एक वर्षमा दुई लाख २१ हजार ८ सय दुई जना भक्तजन पुगेका छन् । उनीहरूबाट ३ करोड ५ लाख ५६ हजार बाह्र रुपैयाँ भेटी जम्मा भएको पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले जनाएको छ । 

मासिक विवरणअनुसार सबैभन्दा बढी भेटी वैशाखमा संकलन भएको छ । वैशाखमा ५१ हजार ८०४ जना भक्तजनबाट ६९ लाख ३२ हजार ४ सय भेटी संकलन भएको थियो । त्यस्तै, कात्तिकमा सबैभन्दा बढी ६१ हजार १७३ जना दर्शनार्थीले मन्दिर दर्शन गरेका छन् । 

पवित्र तीर्थस्थलमा चढाइएको भेटी प्रत्येक महिना सार्वजनिक गर्ने परम्परालाई निरन्तरता दिँदै आएको समितिले जनाएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले एक वर्षको अवधिमा पाथीभरा दर्शनका लागि पुगेका भक्तजन र उनीहरूबाट प्राप्त भेटीको विवरण सार्वजनिक गरेका हुन् । 

pathivara

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप