नेपालको विजयी सुरुवात, यूएई पाँच रनले पराजित

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली टोली पाँच रनले विजयी भएको छ ।
काठमाडौँको तल्लो मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली नेपालले निर्धारित ४० ओभरमा सबै विकेट गुमाएर दुई सय रन बनाएको थियो । अघिल्लो दिनको वर्षाका कारण आउट–फिल्ड सुकाउन समय लागेकाले खेल ४०–४० ओभरमा खेलाइएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको यूएई भने सात विकेट गुमाउँदै १७१ रनमा रोकियो । बाँकी ४ ओभर प्रकाश अपर्याप्त हुँदा हुन सकेन । त्यस क्रममा जितका लागि यूएईलाई २४ बलमा ३० रन आवश्यक थियो । तर खराब प्रकाशका कारण अम्पायरले युएईले ५ रनको हार बेहोरेको निर्णय गरिदिए ।
त्यसअघि, टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि नरेन भट्टले अर्धशतकीय पाली खेलेका थिए । उनले टोलीका लागि ६७ रनको योगदान गरे । यस क्रममा उनले ७५ बलको सामना गरी सात चौका पनि हिर्काए ।
नेपालका लागि दिलशाद अलीले पनि ४० बलमा एक छक्काको मद्दतले ३४ रन बनाए । साहिल पटेलले टोलीको खातामा ३२ रन थपे । निरजकुमार यादव १८ रन जोडे । सन्तोष यादव पनि ११ रन बनाएका थिए । यूएईका बलर उदिश सुरीले तीन तथा सालोम डिसुजा र युग शर्माले दुई–दुई विकेट हात पारे ।
यूएईका यायिन किरणले शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । ९६मा खेल्दै ८ चौका र ५ छक्का हिर्काएका उनी अविजित १ सत ४ रनमा रहे । यसअघि, प्रतियोगिताको पहिलो दिन आइतबार नै माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेलिएको खेलमा अफगानिस्तानले ओमानलाई आठ विकेटले हराएको थियो ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूका माग सम्बोधन गर्न नेता साउदको आग्रह
-
सङ्घलाई जिडिपीको पाँच र प्रदेश तथा स्थानीय तहलाई राजस्वको १२ प्रतिशत नबढ्ने गरी ऋण उठाउन सिफारिस
-
विदेशी बैंकमा सरकारको सेयर लगानी ११ अर्ब ५२ करोड
-
‘छक्का पन्जा ५’ अब ओटीटीमा
-
अमेरिकामा व्यापार युद्धको इतिहास
-
नयाँ वर्षको पहिलो दिन ‘पिताम्बर’को उत्साहजनक व्यवसाय