बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालको विजयी सुरुवात, यूएई पाँच रनले पराजित

आइतबार, ३१ चैत २०८१, १८ : २९
आइतबार, ३१ चैत २०८१

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली टोली पाँच रनले विजयी भएको छ । 

काठमाडौँको तल्लो मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली नेपालले निर्धारित ४० ओभरमा सबै विकेट गुमाएर दुई सय रन बनाएको थियो । अघिल्लो दिनको वर्षाका कारण आउट–फिल्ड सुकाउन समय लागेकाले खेल ४०–४० ओभरमा खेलाइएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको यूएई भने सात विकेट गुमाउँदै १७१ रनमा रोकियो ।  बाँकी ४ ओभर प्रकाश अपर्याप्त हुँदा हुन सकेन । त्यस क्रममा जितका लागि यूएईलाई २४ बलमा ३० रन आवश्यक थियो । तर खराब प्रकाशका कारण अम्पायरले युएईले ५ रनको हार बेहोरेको निर्णय गरिदिए । 

त्यसअघि, टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि नरेन भट्टले अर्धशतकीय पाली खेलेका थिए । उनले टोलीका लागि ६७ रनको योगदान गरे । यस क्रममा उनले ७५ बलको सामना गरी सात चौका पनि हिर्काए ।  

नेपालका लागि दिलशाद अलीले पनि ४० बलमा एक छक्काको मद्दतले ३४ रन बनाए । साहिल पटेलले टोलीको खातामा ३२ रन थपे । निरजकुमार यादव १८ रन जोडे । सन्तोष यादव पनि ११ रन बनाएका थिए । यूएईका बलर उदिश सुरीले तीन तथा सालोम डिसुजा र युग शर्माले दुई–दुई विकेट हात पारे ।

यूएईका यायिन किरणले शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । ९६मा खेल्दै ८ चौका र ५ छक्का हिर्काएका उनी अविजित १ सत ४ रनमा रहे । यसअघि, प्रतियोगिताको पहिलो दिन आइतबार नै माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेलिएको खेलमा अफगानिस्तानले ओमानलाई आठ विकेटले हराएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप