मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विद्यालय शिक्षा विधेयकका ९१ दफामा सहमति जुट्यो

आइतबार, ३१ चैत २०८१, १८ : २४
आइतबार, ३१ चैत २०८१

काठमाडौं । विद्यालय शिक्षा विधेयकको ९१ वटछा दफामा सहमति जुटेको छ । संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिमा ९१ वटा दफामा सहमति जुटेको हो ।

दफावार छलफल गर्दै सहमति खोज्दै अघि बढिरहेको प्रतिनिधिसभा सदस्य तथा उपसमिति सदस्य सरिता भुसालले जानकारी दिइन् । 

१६३ दफा रहेको विधेयकमा अब ७२ दफामा सहमति जुट्न बाँकी छ । सामान्य तथा कम विवादित दफामा सहमति जुटाउँदै आएको उपसमितिमा आज १४६ दफादेखि १५९ दफासम्म छलफल भएको थियो । ति दफाहरूमा सहमति जुटेको उनको भनाइ छ । 

उपसमितिमा १७५८ संशोधन बुँदामध्ये आजसम्म १२०० बुदामा छलफल गर्दै सहमति जुटेको हो । 
विधेयकमा धेरै संशोधन परेका छन । त्यस्तै सातै प्रदेशबाट आएका सुझावहरू समेट्नुपर्ने अवस्था छ । सबै विषय मिलाएर मात्रै दफाहरूमा सहमति जुटाउँदै आएको छ । 

शिक्षक तथा विद्यालय कर्मचारीहरूले काठमाडौं केन्द्रीत आन्दोलन चर्काइरहेका बेला उपसमितिले छलफललाई तिब्रता दिएको हो ।

भोली नयाँ वर्ष भएकाले भोलीको छलफल भने नराखिएको भुसालले बताइन । उपसमितिले नीजि विद्यालय, शिक्षकहरूको सवालमा भने उच्च तहमा सहमति खोज्ने भन्दै ति विषयमा छलफल अघि बढाएको छैन् । ति बाहेक अन्य दफाहरूमा भने सहमति जुटाउँदै आएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप