मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय
एनआरएनए एकता महाधिवेशन

एनआरएनको प्रतिनिधि सबैले जुनसुकै पदमा उम्मेदवार दिन सक्ने

आइतबार, ३१ चैत २०८१, १८ : १३
आइतबार, ३१ चैत २०८१

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनमा सबै डेलिगेट्स (प्रतिनिधि) सबै पदमा उम्मेदवार बन्न पाउने भएका छन् ।  उच्चस्तरीय समितिको आइतबार सम्पन्न बैठकले प्रतिनिधि भएका व्यक्तिले अध्यक्ष सहितका सबै पदमा उम्मेदवारी दिन पाउने निर्णय गरेको हो ।

उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले आइतबारको निर्णयसँगै प्रतिनिधि जो कोहीले जुनसुकै पदमा उम्मेदवारी दिन सक्ने रातोपाटीलाई बताए । यसअघि आइसीसी सदस्य भएका व्यक्तिले मात्रै अध्यक्ष सहितका पदमा उम्मेदवारी दिन पाउने व्यवस्था थियो।

एनआरएनको एकता महाधिवेशन आगामी मे ३, ४ र ५ मा काठमाडौँमा हुँदैछ। त्यसका लागि उच्चस्तरीय समितिले आवश्यक तयारी तीव्र बनाइरहेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप