सहकार्यमा धोका भएको भन्दै एमाले निकट ११ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

सुर्खेत । सधैँ चर्चामा रहने सुर्खेत उद्योग वाणिज्य सङ्घका यो पटक पनि लफडा भएको छ । नेकपा एमाले निकट उम्मेदवारहरूले सहकार्यका नाममा धोका भएको भन्दै उम्मेदवारी फिर्ता लिएका छन् । सुर्खेत उद्योग वाणिज्य सङ्घको चुनाव वैशाख ६ गते हुँदैछ ।
अध्यक्ष पदमा सबै समुहको सहमतिले नेपाली कांग्रेस निकट हर्षविक्रम खड्का सर्वसम्मत तरिकाले निर्वाचित भइसकेका छन् । सहमतिका जाने भनेकाले एमाले निकट व्यवसायीहरूले अध्यक्ष पदमा उम्मेदवारी समेत दिएनन् । तर अन्तिम अवस्थामा आउँदा नेतृत्व तहबाट सहमति र सहकार्यका नाममा गरिएको वाचा बारम्बार तोडिएको भन्दै एमाले निकट व्यावसायीहरुले उम्मेदवारी फिर्ता लिएका छन् ।
साथै उनीहरूले चुनावमा समेत भाग नलिने प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् । उम्मेदवारी फिर्ता लिनेमा पाँच जना पदाधिकारी र बाँकी ६ जना सदस्य गरी ११ जना रहेका छन् ।
उनीहरूले प्रमुख ५ वटा एजेन्डा उठाएका छन् । मेला महोत्सवमा आर्थिक अपारदर्शिता, विधान संशोधन कार्यान्वयन नगरिएको, सङ्घलाई राजनीतिकरण गरिएको, सहकार्यका नाममा धोका र व्यावसायिक समस्या भन्दा स्टन्डबाजीमा केन्द्रित प्रवृत्ति हाबी भएको आरोप उनीहरूको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत सरकारको सहयोगमा सुन्दरहरैँचामा विद्यालय भवनको शिलान्यास
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी
-
रोबर्टो कार्लोस अब अर्को हप्ता एनएसएल हेर्न आउने
-
शिक्षकहरू आन्दोलनमा गएपछि व्यवस्थापन समितिले थाल्यो विद्यार्थी भर्ना अभियान
-
खेलकुदमा लगानी गर्न हिच्किचाउनु हुँदैन : सभामुख घिमिरे
-
प्रधानमन्त्रीद्धारा नारायणघाट–बुटवल सडकको निरीक्षण, चाँडो निर्माण सम्पन्न गर्न निर्देशन