मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, २ जना घाइते
आइतबार, ३१ चैत २०८१, १७ : ४३

हेटौँडा । आइतबार अपराह्न पानीसँगै परेको चट्याङ लागेर मकवानपुरमा आइतबार एक जनाको मृत्यु भएको छ । यस्तै दुई जना घाइते भएका छन् । मकवानपुर प्रहरीका अनुसार मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ५ दरदराका २८ वर्षीय अबिर थिङ रहेका छन् ।
मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार मनहरी ५ वसन्तपुरस्थित राप्तीखोलाको किनारमा आफन्तको घर मनहरी ५ डिल्लीपुरबाट आफ्नो घर दरदरातर्फ जाने क्रममा चट्याङ लागेर थिङको मृत्यु भएको हो ।
चट्याङ लागेर थिङ तत्कालै मृत्यु भएको प्रवक्ता अर्यालले बताए । उनका अनुसार थिङको साथमा रहेका उनका बुबा ५६ वर्षीय सिंहबहादुर थिङ र हिरामान गोलेका १० वर्षीय छोरा सौगात गोले भने घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रवक्ता अर्यालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गाउँमै अस्पताल, सबै नागरिकको स्वास्थ्य बीमा’
-
चट्याङ लागेर खाजा खाँदै गरेका दुई जना घाइते
-
पर्सामा ३७ बिघामा लगाइएको गाँजा नष्ट
-
कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन देखायो चासो, भैरहवा र पोखराबाट उडान गर्न आग्रह
-
हिमालपारिबाट पालिकाको गुहार – शिक्षा प्रणाली बिग्रिन लाग्यो, शिक्षक फर्काइदेऊ
-
वीरगञ्जमा रिपोर्टिङ गर्न गएका दुई पत्रकार घाइते